काठमाडौं । साताको तस्रो कारोबार दिन नबील बैंकको सेयर मूल्य बढेको छ । आज बैंकको सेयर मूल्य १.०९ प्रतिशत अर्थात प्रतिकित्ता ६ रुपैंया ५० पैसाले बढेर ६०५ रुपैंया ५० पैसा कायम भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज बैंकको २ करोड ५२ लाख ३८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज बैंकको ४१ हजार ८१४ कित्ता सेयर खरिदबिक्री भएको हो ।
वि.सं.२०८० जेठ ९ मंगलवार १५:३० मा प्रकाशित