काठमाडौं । आज जेठ १२ गते शुक्रबार सुनको भाउ घटेको छ । उक्त दिन सुन प्रतितोला ५०० रुपैंयाले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावालाको सुनको मूल्य तोलामा १ लाख ८ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य तोलामा १ लाख ७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदी प्रतितोला ५ रुपैंयाले घटेर १ हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि अघिल्लो कारोबार दिन जेठ ११ गते बिहीबार छापावाल सुन प्रतितोला १ लाख ८ हजार ८०० हजार र तेजावी सुन १ लाख ८ हजार ३०० रुपैंयामा कारोबार भएको थियो । चाँदी १ हजार ३५० रुपैंयामा कारोबार भएको थियो ।
वि.सं.२०८० जेठ १२ शुक्रवार १०:४० मा प्रकाशित