काठमाडौं । यो साता थप पाँच वटा कम्पनीले सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा लाभांश पठाएका छन् ।
दुई विकास बैंकसहित पाँच वटा कम्पनीहरुले आफ्ना सेयरधनीहरुको हितग्राही खातामा लाभांश पठाएका हुन् । गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्न प्रस्तावित बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा पठाएका हुन् ।
मितेरी डेभलपमेन्ट बैंकको २०७९ पुस २७ गते सम्पन्न १७ औं वार्षिक साधारण सभाले पारित गरेको १२.३५ प्रतिशत बोनस सेयर वितरण गरेको हो ।
सांग्रिला डेभलपमेन्ट बैंकको गत चैत १७ गते सम्पन्न १८ औँ वार्षिक साधारण सभाबाट पारित भएको ८.५३४ प्रतिशत बोनश शेयर सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको हो ।
कृषि विकास बैंकको चैत १४ गते सम्पन्न १६औं वार्षिक साधारण सभाबाट पारित भएको २ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत गराई सेयरधनीहरुको डिम्याट खातामा जम्मा पठाएको हो ।
सबैको लघुवित्त वित्तिय संस्थाको २०७९ फागुन २६ गते सम्पन्न छैंटौ वार्षिक साधारण सभाले पारित गरेको १८ प्रतिशत बोनस सेयर वितरण गरेको हो ।
इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको फागुन १३ गते सम्पन्न छैठौं साधारण सभाबाट पारित भएको २० प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भई जेठ ८ गतेदेखि डिम्याट खातामा जम्मा गरेको छ ।
वि.सं.२०८० जेठ १२ शुक्रवार १४:४० मा प्रकाशित