back
NMB ad

आज यी पाँच प्रदेशमा पानी पर्ने, केही स्थानमा हावाहुरीको सम्भावना

Kumari bank ad

काठमाडौं । हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश, र बागमती प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही देशका बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ। कोशी र बागमती प्रदेशका केही भू-भागमा हल्का वर्षा भइरहेको छ।

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली र देशका अन्य भू-भागमा आंशिकदेखि सामान्य बदली रहने छ। देशको पहाडी भू-भागहरूका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका तराईका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ।

राती भने देशको पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी, मधेश, गण्डकी, र लुम्बिनी प्रदेशका केही स्थानहरुमा तथा अन्य प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहको र तराईका भू-भागमा हावाहुरीको सम्भावना रहेकोले त्यसबाट जोगिन र हुन सक्ने क्षति वा जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

वि.सं.२०८० जेठ १३ शनिवार ०७:०० मा प्रकाशित

You can share this post!

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ साउन ६ आइतवार १०:३६

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको भाउ घटेको छ...

हालसम्मकै उच्च बिन्दुमा अमेरिकी डलरको भाउ, कुन देशको कति ?

हालसम्मकै उच्च बिन्दुमा अमेरिकी डलरको भाउ, कुन देशको कति ?

वि.सं.२०८१ साउन ६ आइतवार १०:१९

काठमाडौं । नेपाल राष्ट्र बैंक अनुसार शनिबार अमेरिकी डलरको बिक्रीदर...

शतप्रतिशत हकप्रद सेयर जारी गर्दै हिमालय ऊर्जा कम्पनी, कहिलेसम्म कायम सेयरधनीले दिने आवेदन ?

शतप्रतिशत हकप्रद सेयर जारी गर्दै हिमालय ऊर्जा कम्पनी, कहिलेसम्म कायम सेयरधनीले दिने आवेदन ?

वि.सं.२०८१ साउन ६ आइतवार १०:०७

काठमाडौं । हिमालय ऊर्जा विकास कम्पनीले साउन २४ गतेदेखि शतप्रतिशत...

आज यी स्थानमा हुँदैछ भारी वर्षा

आज यी स्थानमा हुँदैछ भारी वर्षा

वि.सं.२०८१ साउन ६ आइतवार ०६:४१

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको...

आज ६ साउन २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

आज ६ साउन २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ साउन ६ आइतवार ०६:२७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

सूर्योदय वोमीको एफपीओमा मागभन्दा १०५.४० गुणा बढी आवेदन, यस्तो छ पहिलो दिनको अपडेट

सूर्योदय वोमीको एफपीओमा मागभन्दा १०५.४० गुणा बढी आवेदन, यस्तो छ पहिलो दिनको अपडेट

वि.सं.२०८१ साउन ५ शनिवार ०६:५७

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको थप सार्वजनिक निष्कासन...