back
NMB ad

मेडपा कटौती नगर्न माग गर्दै देशैभरका सहजकर्ता माइतिघरमा

Kumari bank ad

काठमाडौं । सरकारको ससर्त अनुदानमा सञ्चालित लघु उद्यम विकास (मेडपा) कार्यक्रम कटौती नगर्न ध्यानाकर्षण गराउँदै देशैभरका सहजकर्ताले माइतिघरमा धर्ना दिएका छन् ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा गरिबी निवारणका लागि लघु उद्यम विकास (मेडपा) कार्यक्रम नेपालमा आ.व. २०५४/५५ देखि सञ्चालित थियो । उद्यामशिलता र सिपको विकास गरी लघु उद्यमी सृजना र दिगो जिविकोपार्जनमा सहयोग पुर्याउँदै आएको लघु उद्यम विकास (मेडेप) कार्यक्रमको रुपमा सञ्चालन रहेको थियो ।


लघु उद्यम विकास कार्यक्रम (मेडेप)को सफलता र त्यसबाट प्राप्त प्रतिफललाई मध्यनजर गर्दै नेपाल सरकारले आन्तरिकिकरण गरि गरिवी निवारणका लागि लघुउद्यम विकास (मेडपा) कार्यक्रमका रुपमा आ.व. २०६६/०६७ देखि आ.व. २०७६ सम्म जिल्ला तहमा घरेलु तथा साना उद्योग विकास कार्यालय मार्फत सञ्चालन हुँदै आएको थियो । मुलुकमा संघीयता कार्यान्वयनमा आएसंगै २०७७ कार्तिक ४ गते मन्त्रिपरिषद्को निर्णयबाट निर्देशिका पास गरि स्थानीय निकाय मार्फत देशको ७५३ वटै स्थानीय तहहरुमा सञ्चालनमा रहेको थियो ।

देशको बेरोजगारी समस्या थपिंदै गएको अवस्थामा सो कार्यक्रमले बेरोजगारी समस्याको समाधानमा ठुलो योगदान पुर्याएको राष्ट्रिय उद्यम विकास सहजकर्ता महासंघ नेपालकी अध्यक्ष देवकी घिमिरेले जानकारी दिनुभयो । पछिल्लो समय बजेट कटौती हुने कुरा सञ्चार माध्यमबाट थाहा पाएपछि कटौती नगर्न ध्यानाकर्षण गराउँदै माइतिघरमा धर्ना दिइएको अध्यक्ष घिमिरेले बताउनुभयो ।

वि.सं.२०८० जेठ १३ शनिवार १४:२२ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख २९ शनिवार ०६:५७

काठमाडौँ : हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्न माग   

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्न माग   

वि.सं.२०८१ वैशाख २९ शनिवार ०६:५०

भैरहवा : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संग सिद्धार्थ उद्योग वाणिज्य...

राज्यकोषबाट सुविधा लिनेले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने   

राज्यकोषबाट सुविधा लिनेले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने   

वि.सं.२०८१ वैशाख २९ शनिवार ०६:४४

नवलपरासी : पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले पालिकाबाट सेवासुविधा लिने कर्मचारी...

आज २९ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २९ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २९ शनिवार ०६:३६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

चीनबाट अनुदानस्वरूप उपलब्ध हुने सातवटा सवारी साधन स्वीकार गरिने   

चीनबाट अनुदानस्वरूप उपलब्ध हुने सातवटा सवारी साधन स्वीकार गरिने   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार २१:४८

काठमाडौं, २८ वैशाख : मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले चीन सरकारले...

गण्डकीका मुख्यमन्त्रीलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश   

गण्डकीका मुख्यमन्त्रीलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार २१:४४

काठमाडौँ, २८ वैशाख : सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज...