back
NMB ad

एक सय २५ एम्बुलेन्समा जिपिएस जडान   

Kumari bank ad

दुर्गा देवकोटा
टीकापुर, १४ जेठ । सरकारले देशैभरका एम्बुलेन्सलाई जिपिएस प्रणालीमा दर्ता गर्न सुरु गरेपछि सुदूरपश्चिममा अहिलेसम्म एक सय २५ एम्बुलेन्स जिपिएस प्रणालीमा दर्ता भएका छन् । सुदूरपश्चिममा सञ्चालनमा रहेका सबै एम्बुलेन्सलाई जिपिएस प्रणालीमा दर्ता गर्न निर्देशन दिइएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले सबै स्थानीय तहलाई परिपत्र गरेर स्थानीयस्तरमा रहेका एम्बुलेन्स जिपिएस प्रणालीमा दर्ता गर्न निर्देशन दिएको छ । सुदूरपश्चिममा एक सय ७६ एम्बुलेन्स सञ्चालनमा छन् । त्यसमध्ये एक सय २५ एम्बुलेन्समा जिपिएस जडान गरिएको छ । एम्बुलेन्सलाई व्यवस्थित गर्न एम्बुलेन्स सेवा सञ्चालन निर्देशिका, २०७३ सञ्चालनमा ल्याएपछि देशैभरिका एम्बलेन्सलाई एउटै नेटवर्कमा समेट्न खोजिएको छ । एम्बुलेन्सलाई व्यवस्थित गर्न जिपिएस प्रणाली जडान गरिने व्यवस्थाअनुसार दर्ता भइरहेका छन् ।

प्रादेशिक एम्बुलेन्स केन्द्रका स्रोतव्यक्ति उत्तम उपाध्याय आपतकालीन स्वास्थ्य सेवा प्रदान गर्ने राज्यको दायित्व पूरा गर्न देशभरका एम्बुलेन्सलाई एउटै ट्र्याकबाट सञ्चालन गर्न जिपिएस प्रणालीमा ल्याउने प्रक्रिया अगाडि बढाइएको बताउनुहुन्छ ।

“प्रणालीमा जोडिएका एम्बुलेन्स कुन अवस्थामा र कहाँ छन् भन्ने जानकारी सहजै प्राप्त हुनेछ”, उपाध्याय भन्नुहुन्छ, “कुनै बिरामीलाई एम्बुलेन्स चाहिए १०२ मा फोन गरेपछि नजिकै रहेको एम्बुलेन्स सो बिरामीलाई लिन जान्छ, जिपिएसमा जडान भएपछि कुनै पनि एम्बुलेन्सले खाली छैनौँ, टाढा छाँंै भनेर बिरामीलाई झुक्याउन सक्दैनन् ।”

एम्बुलेन्समा जिपिएस प्रविधि जोडिएपछि सेवाग्राहीले कन्ट्रोल रूममा फोन गरेर आफ्नो नजिकमा रहेका एम्बुलेन्सबाट तत्काल सेवा पाउन सक्नेछन् । जिपिएस नेटवर्किङमा आएपछि सेवाग्राहीले १०२ नम्बरमा फोन गरे नजिकमा रहेको एम्बुलेन्सबारे जानकारी प्राप्त गर्ने छन् । सुदूरपश्चिममा १०२ मा फोन उठ्न सुरु भइसकेकाले अबका केही दिनमा यो प्रणाली शुरु हुने उपाध्याय बताउनुहुन्छ ।

“बाँकी रहेका एम्बुलेन्सलाई पनि यही महिनाभित्र प्रणालीमा दर्ता गर्ने गरी काम भइरहेको छ, पहिले तोकेको समयमा नआएकाहरु छुटेका हुन्, फेरि पाँच दिनको समय दिदैँछौ”, उहाँ भन्नुहुन्छ, “यसबाट बिरामीलाई स्वास्थ्य संस्थासम्म पु¥याउन छिटोछरितो एम्बुलेन्स सेवा प्राप्त हुनेछ, साथै बिरामीले सहज उपचार सेवा पाउनसमेत सहयोग पुग्नेछ ।”

एम्बुलेन्सलाई सुुविधाका आधारमा ‘क’, ‘ख’ र ‘ग’ गरेर तीन समूहमा वर्गीकरण गरिएको छ । कैलालीको टीकापुर क्षेत्रमा मात्रै ख र ग वर्गमा ११ एम्बुलेन्स सञ्चालनमा छन् । टीकापुर अस्पतालका एम्बुलेन्स चालक कृष्णबहादुर शाही लामो समयदेखि एम्बुलेन्स चालकका रुपमा कार्यरत हुनुहुन्छ । विगतमा आफू चालक हुँदा एक्लैले धेरै टाढासम्मका बिरामी बोक्नुपरेको अनुभव रहेका कृष्ण आजभोलि धेरै सहज भएको बताउनुहुन्छ ।

“मैले चालकको काम गर्न थालेको दशक बढी भयो, विगतमा म एक्लैले बर्दिया जिल्ला, सुदूरपश्चिमका धेरै जिल्लाका बिरामी बोक्नुप¥यो”, शाह भन्नुहुन्छ, “आजभोलि एम्बुलेन्स धेरै भएपछि सहज भएको छ, धेरै टाढाका बिरामी बोक्नुपर्दैन ।”

नेपाल रेडक्रस सोसाइटी टीकापुरले सञ्चालन गरिरहेको एम्बुलेन्स आठ महिनाअघि नै जिपिएस प्रणालीमा दर्ता भएको छ । प्रणालीमा दर्ता भए पनि लागू नभएको चालक मुक्तिभट्ट चन्द बताउनुहुन्छ । “भनेकै समयमा दर्ता भयौँ, तर प्रणाली सुरु भएको छैन”, उहाँ भन्नुहुन्छ, “सबैलाई प्रादेशिक एम्बुलेन्स केन्द्रले कन्ट्रोल गर्ने बताइएको छ, नियममा बाधिनु राम्रै हुन्छ ।”

एकता बचत समाज टीकापुरले सञ्चालन गरेको एम्बुलेन्स भने जिपिएस प्रणालीमा अझैँ दर्ता भएको छैन । दुई पटकसम्म दर्ताका लागि धनगढी गए पनि दर्ता हुन नसकेको चालक दीपक बोहरा बताउनुहुन्छ ।

“दर्ता गर्ने समय घर्किएकाले जडान हुनसकेको छैन”, उहाँ भन्नुहुन्छ, “अब जडानका लागि खबर गर्छौँ भन्नुभएको छ ।” जिपिएस प्रणालीमा एम्बुलेन्स जडान कार्यले १० वर्ष पूराना एम्बुलेन्स र काजगात बिना चलिरहेका एम्बुलेन्सलाई कडाइ गर्न सहयोग पुग्ने बताइन्छ ।

वि.सं.२०८० जेठ १४ आइतवार १४:२१ मा प्रकाशित

You can share this post!

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:५३

काठमाडौँ, ४ जेठ : चिलिमे–त्रिशूली दुई सय २० केभी प्रसारण...

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:४३

पटना (भारत), ४ जेठ : बिहारको राजधानी पटनास्थित एक विद्यालय...

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:३७

काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल)...