back
NMB ad

तीन सय असी उजुरी फछ्र्यौट   

Kumari bank ad

काठमाडौँ, १४ जेठ  ।  राष्ट्रिय सतर्कता केन्द्रबाट २०७९/८० को फागुनसम्म तीन सय ८० उजुरी फछ्र्यौट    भएका छन् । अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसद्को दुवै सदनमा पेस गर्नुभएको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षणमा आर्थिक वर्ष २०७०/७१ मा उक्त सङ्ख्या ६ सय ५९ रहेको थियो ।

चालु आर्थिक वर्षको फागुनसम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्राप्त उजुरीको सङ्ख्या १८ हजार तीन सय ४१ रहेको उल्लेख छ ।

उजुरीमध्ये ४९.७ प्रतिशत उजुरी फछ्र्यौैट भएका छन् भने आर्थिक वर्ष २०७८/७९ को सोही अवधिमा ५४.३ प्रतिशत उजुरी फछ्र्याैट भएको थियो । साथै, आर्थिक वर्ष २०७९/८० को फागुनसम्म आयोगबाट विशेष अदालतमा एक सय दुई मुद्दा दायर भएका थिए । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ६० रहेको थियो ।

तीन तहका सरकारमध्ये स्थानीय तहका निकायविरुद्ध बढी उजुरी परेको देखिन्छ । त्यसपछि सङ्घ र प्रदेश सरकारका निकायका विरुद्ध उजुरी परेका छन् । यद्यपि, बागमती प्रदेशभित्र भने सङ्घका निकायविरुद्ध सबभन्दा बढी उजुरी परेका उक्त सर्वेक्षणमा छ । मधेस प्रदेशका स्थानीय तहविरुद्ध सबैभन्दा बढी उजुरी परेको देखिन्छ ।

आर्थिक सर्वेक्षणमा मानव अधिकारसम्बन्धी पाँचौँ राष्ट्रिय कार्ययोजना (आर्थिक वर्ष २०७७/७८– २०८१/८२) तथा विश्वव्यापी आवधिक पुनरावलोकन (तेस्रो चक्र) बाट प्राप्त सिफारिस कार्यान्वयन कार्ययोजना (२०७८ /२०८२) स्वीकृत भई आर्थिक वर्ष २०७९/८० देखि कार्यान्वयनमा आएको उल्लेख छ ।

विसं २०७८ मङ्सिर १ गतेदेखि विद्युतीय राहदानी वितरण सुरु गरी २०७९ फागुनसम्म १३ लाख १४ हजार थानभन्दा बढी विद्युतीय राहदानी जारी भएको छ ।

त्यस्तै, सामूहिक दुर्घटना बीमा कार्यक्रम सञ्चालनका लागि “निजामती कर्मचारीको सामूहिक दुर्घटना बीमा कार्यक्रम सञ्चालन कार्यविधि, २०७९ जारी भएको छ । उक्त कार्यविधिबमोजिम सङ्घीय निजामती सेवाका ३६ हजार तीन सय १६ स्थायी कर्मचारीको विसं २०७९ भदौ २१ देखि १ वर्ष सम्मको रु १० लाख बीमाङ्कको सामूहिक दुर्घटना बीमा गरिएको आर्थिक सर्वेक्षणमा छ ।

त्यस्तै, प्रशासनअन्तर्गत आर्थिक वर्ष २०७९/८० को फागुनसम्म ललितपुर, काठमाडौँ, सुनसरी, झापा, कपिलवस्तु र प्यूठान जिल्लाका विभिन्न १७ निकायमा सेवाग्राही सन्तुष्टि सर्वेक्षण गरिएको छ । आर्थिक वर्ष २०७८/७९ मा यस्तो सङ्ख्या २३ रहेको थियो ।

आर्थिक वर्ष २०७९/८० को फागुनसम्म सङ्घका विभिन्न निकायमा विभिन्न सेवा समूह र श्रेणीका दुई सय १२ दरबन्दी थप भई ५३ हजार तीन सय ९७ कायम भएको छ । कल दरबन्दी संरचनामध्ये प्रशासन सेवाको दरबन्दी मात्र ५० प्रतिशतभन्दा बढी रहेको छ ।

वि.सं.२०८० जेठ १४ आइतवार १८:०५ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...