back
NMB ad

पर्यटन पुनरुत्थानका लागि पर्यटन दशक कार्यान्वयन   

Kumari bank ad

काठमाडौँ, १५ जेठ ।  सरकारले कोभिड–१९ महामारीबाट प्रभावित पर्यटन क्षेत्रको पुनरुत्थान गर्न पर्यटन दशकका रुपमा सन् २०२३–२०३२ को कार्ययोजना कार्यान्वयनमा ल्याएको छ ।

अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद्को दुवै सदनमा पेश गर्नुभएको चालु आवको आर्थिक सर्वेक्षण अनुसार प्रर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राखेर समग्र पर्यटन विकासका लागि पर्यटन दशक कार्यान्वयनमा रहेको छ । नेपालको ‘राष्ट्रिय पर्यटन रणनीतिक योजना सन् २०१६–२०२५’ ले सन् २०२५ सम्ममा वार्षिक २५ लाख भन्दा बढी पर्यटकको भ्रमण गराउने लक्ष्य लिएको छ ।

कोभिडले सुस्ताएको पर्यटन क्षेत्रले पछिल्लो समयमा गति लिर्दै गएको छ । स्थलमार्गबाट आउने भारतीय पर्यटकबाहेक सन् २०१९ मा करिब १२ लाख पर्यटकको आगमन भएकोमा कोभिड महामारीका कारण सन् २०२० र २०२१ मा पर्यटक आगमन सङ्ख्या क्रम ः दुई लाख ३० हजार र एक लाख ५१ हजारमा सीमित रहन पुगेको थियो । यद्यपि, सन् २०२२ मा भने पर्यटक आगमनमा उल्लेख्य वृद्धि भई छ लाख १४ हजार आठ सय ६९ पुगेको छ ।

पर्यटकबाट रु ४६ अर्ब ७६ करोड आम्दानी    

सन् २०२२ मा विभिन्न उद्देश्यले नेपाल भ्रमणमा आएका विदेशी पर्यटकबाट सङ्कलन भएको विदेशी मुद्रा १९०.० प्रतिशतले बढेर कूल रु ४६ अर्ब ७६ करोड पुगेको छ ।

पर्वतारोहण दलको सङ्ख्या सन् २०२२ को अन्त्यसम्म एक हजार नौ सय ५२ पुगेको छ । हिमाल पर्वतारोहीको सङ्ख्या सन् २०२० मा चार सय ४७ र सन् २०२१ मा तीन हजार चार सय ४६ रहेकोमा सन् २०२२ मा आठ हजार चार सय ६८ पुगेको हो ।

पर्वतारोहीको सङ्ख्यामा भएको वृद्धिसँगै पर्वतारोहणबाट प्राप्त हुने रोयल्टी वृद्धि भएको छ । रोयल्टी सन् २०२२१ मा रु ६३ करोड ५२ लाख ४९ हजार सङ्कलन भएकोमा सन् २०२२ मा रु ७० करोड ३४ लाख ३० हजार पुगेको छ । चालु आवको फागुनसम्म सबै प्रकारका होटल शय्याको सङ्ख्या ३७ हजार ३० पुगेको छ । असारसम्म २४ क्यासिनो सञ्चालनमा छन् ।

वि.सं.२०८० जेठ १५ सोमवार ०७:३० मा प्रकाशित

You can share this post!

गृहमन्त्री लामिछानेद्वारा पनौतीमा निर्माणाधीन ‘राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान’ को अनुगमन   

गृहमन्त्री लामिछानेद्वारा पनौतीमा निर्माणाधीन ‘राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान’ को अनुगमन   

वि.सं.२०८१ जेठ २० आइतवार २१:३२

धुलिखेल, २० जेठः उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आज काभ्रेपलाञ्चोकको...

संरक्षणको पर्खाइमा नेपालको छुक्छुके रेल   

संरक्षणको पर्खाइमा नेपालको छुक्छुके रेल   

वि.सं.२०८१ जेठ २० आइतवार २१:२६

अमरेन्द्रकुमार यादव गोदार (धनुषा), २० जेठ : जनकपुरधाममा नौ दशक...

जेठ अन्तिमदेखि मनसुन भित्रिदै, सरदरभन्दा बढी वर्षा हुने   

जेठ अन्तिमदेखि मनसुन भित्रिदै, सरदरभन्दा बढी वर्षा हुने   

वि.सं.२०८१ जेठ २० आइतवार २१:१७

काठमाडौँ, २० जेठ : यस वर्षको मनसुन यही जुन १३...

सडकमा स्वयम्सेवक खटाउने निर्देशन कार्यान्वयन नगर्न आदेश   

सडकमा स्वयम्सेवक खटाउने निर्देशन कार्यान्वयन नगर्न आदेश   

वि.सं.२०८१ जेठ २० आइतवार २१:१५

काठमाडौँ, २० जेठ : सर्वोच्च अदालतले ट्राफिक नियम उल्लङ्घन गर्ने...

सानिमा रिलायन्स लाईफलाइ कर्पोरेट वुमन्स विच क्रिकेट २०२४ को शिर्ष उपाधि

सानिमा रिलायन्स लाईफलाइ कर्पोरेट वुमन्स विच क्रिकेट २०२४ को शिर्ष उपाधि

वि.सं.२०८१ जेठ २० आइतवार १७:३८

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले कर्पोरेट वुमन्स विच क्रिकेट...

महासंघ अध्यक्ष ढकालद्वारा बेलायती लगानीको लागि अनुरोध

महासंघ अध्यक्ष ढकालद्वारा बेलायती लगानीको लागि अनुरोध

वि.सं.२०८१ जेठ २० आइतवार १७:३४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बेलायती...