काठमाडौं । सरकारले बचत तथा ऋण सहकारी संस्थाको आयकर बढाएको छ । सरकारले सहकारी संस्थाको आयकर २० प्रतिशतसम्म बढाएको हो ।
नगरपालिका क्षेत्रभित्र सञ्चालन भएको सहकारी संस्थामा ५ प्रतिशतसम्म, उपमहानगरपालिका क्षेत्रभित्र सञ्चालन भएकोमा ७ प्रतिशतसम्म र महानगरपालिका क्षेत्रभित्र सञ्चालन भएकोमा १० प्रतिशत कर तिर्नुपर्ने भएको छ ।
तर बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाको हकमा भने नगरपालिका क्षेत्रभित्र सञ्चालन भएको सहकारी संस्थामा १० प्रतिशत, उपमहानगरपालिका क्षेत्रभित्र सञ्चालन भएकोमा १५ प्रतिशत र महानगरपालिका क्षेत्रभित्र सञ्चालन भएकोमा सहकारी संस्थाहरुमा २० प्रतिशतसम्म कर लाग्ने भएको छ ।
वि.सं.२०८० जेठ १६ मंगलवार १२:२२ मा प्रकाशित