back
NMB ad

नमोबुद्ध र बेथानचोक बजार क्षेत्रमा निःशुल्क इन्टरनेट   

Kumari bank ad

बनेपा, १६ जेठ । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका र बेथानचोक गाउँपालिकाको मुख्य बजार क्षेत्रमा निःशुल्क ईन्टरनेट सेवा सुरु गरिएको छ । आमनागरिकलाई गाउँ गाउँमै इन्टरनेट सेवा उपलब्ध गराउने उद्धेश्यले ती पालिकाको समन्वयमा बजार क्षेत्र र वडाको निश्चित स्थान चयन गरी निःशुल्क वाइफाइको व्यवस्था गरिएको हो ।

नमोबुद्धले नगरको मुख्य चोक क्षेत्रमा निःशुल्क इन्टरनेट चलाउन पाउने गरी व्यवस्था मिलाएको जनाएको छ । नगरप्रमुख कुन्साङ लामाले आफ्नो क्षेत्रलाई निःशुल्क वाइफाइ क्षेत्र बनाउने उद्देश्यले पहिलो पटक बजार क्षेत्रमा सो सेवा विस्तार गरिएको बताउनुभयो । वल्र्ड लिकं कम्युनिकेशनसँगको सहकार्यमा नगरपालिकाले विपी राजमार्गको बुच्चकोट बजार क्षेत्रदेखि भकुण्डे बजार क्षेत्र, बुद्धचोक, जगवैद्येश्वर मन्दिर क्षेत्र, नौबिसे चोकलगायत सात स्थानमा फ्रि वाइफाईको व्यवस्था गरिएको हो ।

वल्र्ड लिङ्कका वाग्मती प्रदेश व्यवस्थापक निकेश अधिकारीले नगरपालिकासङगको समन्वयमा बजार क्षेत्रमा निःशुल्क फ्रि वाइफाइको सेवा विस्तार भइसकेको बताउनुभयो । अहिले जोडिएका ठाउँमा भनेजस्तो सेवा प्राप्त गर्न नसके तत्काल गुनासोका सम्बोधन गर्नाका साथै धेरै स्थानमा सेवा विस्तार गर्दै जाने उहाँको भनाइ थियो । सेवा प्रवाहका क्रममा केही समस्या आए तत्काल परिमार्जन गरिने व्यवस्थापक अधिकारीले जानकारी दिनुभयो ।

नगरपालिकाका वातावरण अधिकृत सन्तोष काफ्लेका अनुसार एक पटक जडान गरेपछि पाँच वर्षसम्म सेवा लिन सकिने डिभाइसको व्यवस्था गरिएको छ । त्यसका लागि आवश्यक उपकरणको व्यवस्था पनि नगरपालिकाले गरेको छ । नगरले छिट्टै दाप्चा बजार क्षेत्र र नमोबुद्ध गुम्बा क्षेत्रमा पनि निःशुल्क वाइफाइ विस्तार गर्ने तयारीमा रहेको जनाएको छ ।

त्यसैगरी बेथानचोक गाउँपालिकाले पनि सबै वडामा निःशुल्क इन्टरनेट सेवा सुरु गरेको छ । ‘डिजिटल बेथानचोक’ नारासहित पहिलो पटक सबै वडाको निश्चित् स्थान चयन गरी निःशुल्क वाइफाइको व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष भगवान् अधिकारीले बताउनुभयो । इन्टरनेट सेवा प्रदायक अल्ट्रानेटसँग सम्झौता भएको र ती क्षेत्रमा २० एमबिपिएसको डेडिकेटेड इन्टरनेटको वाइफाइ छोडिएको जनाइएको छ । हरेक युग सूचना प्रविधिकै युग भएकाले निःशुल्करुपमा इन्टरनेट चलाउन पाउने व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

गाउँपालिकका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले छ वटा वडाको सबैलाई पायकपर्ने स्थानलाई निःशुल्क वाइफाइ क्षेत्र बनाइने जानकारी दिनुभयो । इन्टरनेट सेवा चालु भएपछि स्थानीयवासीले सहजै वाइफाइ जोड्न फ्रिओटीपी सिस्टमबाट पासपोर्ट नै नचाहिने गरी सेवा लिनसक्ने छन् ।

वि.सं.२०८० जेठ १६ मंगलवार १४:३६ मा प्रकाशित

You can share this post!

मुग्लिन पोखरा सडक: पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति   

मुग्लिन पोखरा सडक: पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति   

वि.सं.२०८१ वैशाख १६ आइतवार ०६:३७

दमौली : मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र...

एक सय ५१ परियोजना प्रस्तुतीका साथ तेस्रो लगानी सम्मेलन आज प्रारम्भ हुँदै   

एक सय ५१ परियोजना प्रस्तुतीका साथ तेस्रो लगानी सम्मेलन आज प्रारम्भ हुँदै   

वि.सं.२०८१ वैशाख १६ आइतवार ०६:३०

काठमाडौँ, १६ वैशाख: मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १६ आइतवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...