back
NMB ad

एफएनसीसीआई रोजगार मेला शुरू, महासंघले क्यालेण्डर इभेन्टकोरुपमा आयोजना गर्ने

Kumari bank ad

काठमाडौं । काठमाडौंमा रोजगार मेला शुरु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघद्वारा आयोजना गरिएको रोजगार मेलाको महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले आज एक विशेष समारोहका बीच उद्घाटन गर्नुभयो ।

महासंघको सचिवालयमा आयोजना गरिएको रोजगार मेला जेठ १७ गतेसम्म संचालन हुनेछ । रोजगार मेलालाई नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अन्तराष्ट्रिय श्रम संगठनको सहयोग र रोजगार सेवा केन्द्र एवं मेरो जवको प्राविधिक सहायता रहेको छ । कामको खोजीमा रहेका यूवाहरुलाई मेलामा सहभागी कम्पनीहरुमार्फत कामको अवसर जुटाईदिन पहल गर्ने, नयां अवसरहरुको खोजी गर्न सघाउने, आवश्यक शीप पहिचान सहित युवा जनशक्तिलाई स्वदेशमै काम गर्ने वातावरण बनाउने उद्देश्यले रोजगार मेला आयोजना गरिएको हो ।

 

कार्यक्रमको समुद्घाटन गर्नुहुंदै महासंघका अध्यक्ष ढकालले रोजगार मेलालाई महासंघले क्यालेण्डर इभेन्टको रुपमा अगाडी बढाउने बताउनु भयो । श्रम बजारमा रहेको रोजगारीको मिस म्याच समस्या समाधान गर्न रोजगार मेला जस्ता कार्यक्रमले सघाउने धारणा अध्यक्ष ढकालको थियो ।

बजारमा दक्ष जनशक्तिको अभाव पनि छ, काम नपाएर विदेशिनेको संख्या पनि बढ्दो छ, यो मिस म्याचलाई कसरी संवोधन गर्न सकिन्छ, भन्नेमा महासंघ केन्द्रीत छ, अध्यक्ष ढकालले भन्नुभयो ।

कूल गार्हस्थ उत्पादनमा करिव ८१.५५ प्रतिशत योगदान रहेको निजी क्षेत्रको रोजगारीमा समेत ठूलो योगदान छ । केही समयदेखि अर्थतन्त्रमा आएका अवरोधका कारण निजी क्षेत्र विस्तार हुन नसक्दा रोजगारी सृजना र अर्थतन्त्र विस्तारमा समेत समस्या आयो, अध्यक्ष ढकालले भन्नुभयो । महासंघको वर्तमान नेतृत्वले अगाडी सारेका प्रमुख पांच प्राथमिकताहरुमा दक्ष जनशक्ति उत्पादन र रोजगारी सृजना समेत रहेकाले रोजगार मेलाले उक्त प्राथमिकतालाई पुरा गर्न सघाउने विश्वास व्यक्त गर्नुभयो ।

महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले रोजगार मेलाले कामको खोजी गरिरहेका यूवा र जनशक्ति खोजीरहेका उद्योग प्रतिष्ठान कम्पनी बीच पुलको काम गर्ने बताउनुु भयो । मुलुकभित्र रहेको युवा जनसंख्याको सही परिचालन हुन सकेमात्र मुलुकले छिटो प्रगति गर्ने धारणा राख्नुुहुंदै जानसाङखिक लाभको फाइदा समयमै लिनुपर्ने सुुझाव उहांको थियो ।

उद्घाटन कार्यक्रमको प्रारम्भमा महासंघको रोजगारदाता परिषद्का सभापति हेमराज ढकालले रोजगार मेलामा ५४ वटा प्रतिष्ठित कम्पनीहरुको सहभागिता रहेको जानकारी गराउनु भयो । मेलामा कम्पनीहरुले ६ सय भन्दा बढी रोजगारीको अवसर पेश गरेका छन् । दुुई दिने मेलामा करिव ५ हजार जवसिकरले अवलोकन गर्ने लक्ष्य राखिएको छ । महासंघको पहलमा आयोजना भएको रोजगार मेला, कामको खोजीमा रहेको युवा र कम्पनीहरुका लागि समेत उपलव्धीमुलक हुने बताउनुु भयो ।

अन्तराष्ट्रिय श्रम संगठनका राष्ट्रिय परियोजना संयोजक शौरभराम जोशीले महासंघसंग मिलेर रोजगार मेला आयोजना गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । मुलुकभित्र उद्योग व्यवसाय विस्तार, रोजगारी सृजना, लगानी अभिवृद्धि गर्न स्वदेशी उत्पादन उपभोगलाई प्रमुख प्राथमिकता दिनुुपर्नेमा उहांको सुुझाव थियो ।

प्रधानमन्त्री रोजगार कार्यक्रमका राष्ट्रिय कार्यक्रम निर्देशक एवं श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामचन्द्र ढकालले रोजगार मेला नेपालमा रहेको श्रम शक्तिको पहिचान गर्ने एउटा महत्वपूर्ण माध्यम हुने र सरकारले पनि यस्ता कार्यक्रमको प्रवद्र्धनमा विशेष सहयोग गर्ने नीति रहेको बताउनुु भयो ।

रोजगार मेलामा काठमाडौं र ललितपुर महानगरपालिका, भक्तपुर नगरपालिका, महासंघका सदस्य भक्तपुर र ललितपुर उद्योग वाणिज्य संघको सहकार्य रहेको छ । कार्यक्रममा रोजगारी, सिप एवं जनशक्ति विकास लगायतका विषयमा विभिन्न परामर्श शेसनहरु समेत आयोजना गरिएका छन् ।

उद्घाटन कार्यक्रममा महासंघका उपाध्यक्ष ज्योत्सना श्रेष्ठ, कोषाध्यक्ष निरक केसी, कार्यकारिणी समितिका सदस्यहरु, मेरो जवका व्यवस्थापन निर्देशक, रोजगार सेवा केन्द्रका प्रतिनिधिहरु, आइएलको जेनेभाका Olga Streiestsko ILina, आइएलओ बैंकका Olga Streiestsko ILina, ,सदस्य उद्योग संघ संस्थाका पदाधिकारी एवं प्रतिनिधिहरु, उद्यमी व्यवसायीहरु लगायतको उपस्थिति थियो । रोजगार मेलामा यूवाहरुको ठूलो उत्साह र सहभागीता रहेको थियो ।

वि.सं.२०८० जेठ १६ मंगलवार १६:५१ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...