back

सर्वसाधारणको लागि भोलीदेखि ६ लाख ४३ हजार कित्ता आइपीओ निष्काशन हुँदै, कति दिने आवेदन ?

काठमाडौं । रावा इनर्जी डेभलपमेन्ट कम्पनीले आइपीओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले भोलि अर्थात जेठ १८ गते देखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने लागेको हो ।

कम्पनीले जारी पुँजी २८ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ८ करोड ४० लाख रुपैयाँबराबरको अर्थात् १०० अंकित दरका कुल ८ लाख ४० कित्ता आईपीओ जारीका लागि स्वीकृति पाएको थियो। कुल कित्तामध्ये कम्पनीले सर्वसाधारणलाई छुट्याइएकोबाट १० प्रतिशतले हुन आउने ५६ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरिसकेको छ।

यसैगरी कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई ८७ हजार ६७० कित्ता सेयर बाँडफाँड गरिसकेको छ ।

कम्पनीले स्थानीयले खरिद नगरेको १ लाख ९३ हजार कित्ता थप गरी सर्वसाधारणका लागि ६ लाख ९६ हजार ३३० कित्ता सेयर जारी गर्न लागेको हो। यसमध्ये कर्मचारीलाई १५ हजार ४७ कित्ता र सामूहिक लगानी कोषका लागि ३७ हजार ६१६ कित्ता सेयर छुट्याइएको छ। बाँकी ६ लाख ४३ हजार ६६७ कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन्।

यसमा छिटोमा जेठ २२ गतेसम्म र ढिलामा जेठ ३२ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।

 

वि.सं.२०८० जेठ १७ बुधवार २०:२० मा प्रकाशित

You can share this post!

नेप्सेमा एक कम्पनीको आईपीओ सूचिकृत, ओपनिङ रेञ्ज कति ?

नेप्सेमा एक कम्पनीको आईपीओ सूचिकृत, ओपनिङ रेञ्ज कति ?

वि.सं.२०८० असोज ७ आइतवार ११:४४

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा आइतबार एक कम्पनीको...

सिद्धार्थ बैंकमा जागिरको अवसर

सिद्धार्थ बैंकमा जागिरको अवसर

वि.सं.२०८० असोज ७ आइतवार ११:३८

काठमाडौं । सिद्धार्थ बैंकले विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ...

मार्तडीमा दुई सय क्विन्टल चामल ढुवानी   

मार्तडीमा दुई सय क्विन्टल चामल ढुवानी   

वि.सं.२०८० असोज ७ आइतवार ११:१८

बाजुरा, ७ असोज : दुई सातादेखि चामल अभाव रहेको खाद्य...

विभिन्न पालिकामा सन नेपाल लाइफ इन्स्योरेन्सको बीमा जागरण कार्यक्रम

विभिन्न पालिकामा सन नेपाल लाइफ इन्स्योरेन्सको बीमा जागरण कार्यक्रम

वि.सं.२०८० असोज ७ आइतवार ११:१४

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशभरका विभिन्न...

सोचेअनुरुप काम गर्न नसक्दा सन्तुष्ट छैनौँ : सांसद डाँगी   

सोचेअनुरुप काम गर्न नसक्दा सन्तुष्ट छैनौँ : सांसद डाँगी   

वि.सं.२०८० असोज ७ आइतवार ११:०७

सिर्जना राई काठमाडौँ, ७ असोज : “सोचेअनुरुप काम गर्न नसक्दा...

आशा लघुवित्तको १ लाख ३० हजार संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

आशा लघुवित्तको १ लाख ३० हजार संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

वि.सं.२०८० असोज ७ आइतवार १०:५३

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था संस्थापक सेयर बिक्रीमा ल्याएको...