back
Ncell Banner Ad

गाउँपालिकाले दियो विवाह अगाडि १२ पास गर्ने ६ जना छात्रालाई २० हजारका दरले नगद पुरस्कार

हेटौँडा, १८ । मकवानपुरको कैलाश गाउँपालिकाले बाल विवाह रोक्नका लागि विवाह अगाडि १२ पास गरेको छात्रालाई रु २० हजार नगद हस्तान्तरण गरेको छ ।

गाउँपालिकाले एक कार्यक्रमको आयोजना गर्दै चेली प्रोत्साहन कार्यक्रमअन्तर्गत छ जना चेलीलाई सम्मान गरेको हो । गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले पालिकाको वार्षिक नीति तथा कार्यक्रममा समावेश भएका कार्यक्रमअन्तर्गत प्रोत्साहन र सम्मान गरेको बताउनुभयो ।

उहाँका अनुसार कैलाश–६ की सङ्गीता ढुङ्गाना, प्रतिभा अर्याल र लक्ष्मी श्रेष्ठ, कैलाश–१० की सरुया प्रजा र उर्मिला थिङ, त्यसैगरी कैलाश–२ की लक्ष्मी मुक्तानलाई नगदसहित सम्मान गरिएको छ ।

गाउँपालिका अध्यक्ष मुक्तानले विवाहअघि कम्तीमा पनि १० जोड २ पास गर्नुपर्छ र २० वर्ष पूरा हुनुपर्छ भन्ने सन्देश दिनका लागि प्रोत्साहन कार्यक्रम राखिएको बताउनुभयो ।

देशभरका स्थानीय तहमध्ये पृथक कार्यक्रमको सुरुआत गरेको उहाँको भनाइ छ । अध्यक्ष मुक्तानले भन्नुभयो, “गाउँघरमा छोरीलाई बालविवाह गर्ने, पढाइबाट वञ्चित गर्ने चलन अझै रहेको र यस्ता कार्यक्रमले सकारात्मक सन्देश जाने कुरामा विश्वास लिएका छौँ ।”

सम्मानित छात्रा सरुया प्रजाले गाउँपालिकाले चेली प्रोत्साहन कार्यक्रममार्फत सम्मान गरेकोमा आफूलाई उत्साह मिलेको र सामाजिक समस्याको रूपमा रहेको बालविवाह, विद्यालय नजानेजस्ता समस्या समाधानमा लाग्न ऊर्जा मिलेको बताउनुभयो ।

कैलाश–६ की सङ्गीता ढुङ्गानाले प्राप्त रकमले आगामी शिक्षाका लागि सहयोग पुग्ने कारण खुसी व्यक्त गर्नुभयो । यस्ता कार्यक्रमले पढ्न मद्दत मिल्नुका साथै विवाह गर्नुभन्दा शिक्षा लिनु ठीक हुनेजस्तो लाग्ने गरेको उहाँको भनाइ छ ।

 

वि.सं.२०८० जेठ १८ बिहीवार २२:१० मा प्रकाशित

You can share this post!

कामना सेवा विकास बैंकको लाभांश घोषणा, कति दिने भयो नगद र बोनस ?

कामना सेवा विकास बैंकको लाभांश घोषणा, कति दिने भयो नगद र बोनस ?

वि.सं.२०८१ भदौ २८ शुक्रवार १७:०७

काठमाडौं । कामना सेवा विकास बैंकले लाभांश घोषणा गरेको छ...

बीमा कम्पनीहरूले इमान्दार भएर काम गर्नुपर्यो : अध्यक्ष सिलवाल

बीमा कम्पनीहरूले इमान्दार भएर काम गर्नुपर्यो : अध्यक्ष सिलवाल

वि.सं.२०८१ भदौ २८ शुक्रवार १६:५४

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा बिहिबार मधेश प्रदेशको वीरगञ्जमा...

आन्तरिक स्रोत परिचालनलाई थप प्रभावकारी बनाइने, ७ खर्ब १ अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य

आन्तरिक स्रोत परिचालनलाई थप प्रभावकारी बनाइने, ७ खर्ब १ अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य

वि.सं.२०८१ भदौ २८ शुक्रवार १६:४३

काठमाडौं :  उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको विकास र...

आज यी तीन कम्पनीले गरे लाभांश घोषणा, कुनले कति दिंदैछ ?

आज यी तीन कम्पनीले गरे लाभांश घोषणा, कुनले कति दिंदैछ ?

वि.सं.२०८१ भदौ २८ शुक्रवार १६:३७

काठमाडौं । गत आर्थिक वर्ष २०८०/०८१ को मुनाफाबाट आज २०८१...

विद्युत् नहुँदा दुई अर्बको लगानीको कम्पनीको उत्पादन सुरु हुन सकेन   

विद्युत् नहुँदा दुई अर्बको लगानीको कम्पनीको उत्पादन सुरु हुन सकेन   

वि.सं.२०८१ भदौ २८ शुक्रवार १५:५३

जलेश्वर (महोत्तरी), २८ भदौः महोत्तरीको गौशाला नगरपालिकामा रु दुई अर्बको...

सुनको मूल्य हालसम्मकै उच्च   

सुनको मूल्य हालसम्मकै उच्च   

वि.सं.२०८१ भदौ २८ शुक्रवार १५:४५

काठमाडौँ, २८ भदौः स्थानीय बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च...