back

नयाँ कर नीतिप्रति पूँजी बजारका लगानीकर्ता असन्तुष्ट, अर्थमन्त्रीको घर घेर्ने चेतावनी

काठमाडौं । नीति तथा कार्यक्रममार्फत ल्याइएको नयाँ कर नीतिको पूँजी बजारका लगानीकर्ताले विरोध गरेका छन् । सरकारले ल्याएको आयकर बढाउने नीतिलाई स्वीकार्न नसकिने भन्दै आन्दोलन थालेका उनीहरुले आज माइतीघरमा विरोध प्रर्दशन गरेका छन् ।

विरोध कार्यक्रममा पूँजी बजार सुधारका अभियान्ता तिलक कोइरालाले सरकारले पूँजी बजार मारा नीति ल्याएको भन्दै चर्को आपत्ति जनाए । ‘हाम्रो बेहाल हुन्छ, अहिले पूँजी बजार मारा नीति ल्याएर पूँजी बजारलाई थला पारेर यो बजार वर्षौ उठ्दैन् ।’

‘अर्थमन्त्रीले भनेको ९९ प्रतिशतको कुरा होईन्, यो १ सय प्रतिशतको कुरा हो ।’ उनले भने ‘पूँजी बजार जागिर खाए जस्तो होईन्, जागिरमा महिना मरेपछि पैसा आउँछ कर काटिन्छ, तर पूँजी बजार जोखिमको ठाँउ हो । यहाँ लगानि गरेर आम्दानी हुने होईन गुमाउने सम्भावना छ । कमाउनको लागि यो स्थानमा धेरै काम गर्नुपर्छ । ’

सेयर बजारमा यसअघिको भन्दा थप एक रुपैयाँ पनि कर तिर्न नसकिने उनको तर्क छ । उनले भने ‘यस्तो स्थानमा हामीले काम गरिरहेका छौ, यस्तो स्थानमा सबैभन्दा चर्को कर लगाएर हामीलाई निरुत्साहित गरियो भने, हामी त भाग्छौ नै तर नयाँ आउने पनि कोही टिक्दैन् ।आईपीओ बिक्दैन् बजार खतम भएर जान्छ । सरकारले १ रुपैयाँ पनि कर उठाउन सक्दैन् यो स्थानबाट ।’

उनले आइतबार अर्थमन्त्रीको घर घेराउ तथा कारोबार रोक्ने लगायतका आन्दोलन गर्ने समेत चेतावनी दिएका छन् ।

वि.सं.२०८० जेठ १९ शुक्रवार १६:४० मा प्रकाशित

You can share this post!

नेप्सेमा एक कम्पनीको आईपीओ सूचिकृत, ओपनिङ रेञ्ज कति ?

नेप्सेमा एक कम्पनीको आईपीओ सूचिकृत, ओपनिङ रेञ्ज कति ?

वि.सं.२०८० असोज ७ आइतवार ११:४४

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा आइतबार एक कम्पनीको...

सिद्धार्थ बैंकमा जागिरको अवसर

सिद्धार्थ बैंकमा जागिरको अवसर

वि.सं.२०८० असोज ७ आइतवार ११:३८

काठमाडौं । सिद्धार्थ बैंकले विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ...

मार्तडीमा दुई सय क्विन्टल चामल ढुवानी   

मार्तडीमा दुई सय क्विन्टल चामल ढुवानी   

वि.सं.२०८० असोज ७ आइतवार ११:१८

बाजुरा, ७ असोज : दुई सातादेखि चामल अभाव रहेको खाद्य...

विभिन्न पालिकामा सन नेपाल लाइफ इन्स्योरेन्सको बीमा जागरण कार्यक्रम

विभिन्न पालिकामा सन नेपाल लाइफ इन्स्योरेन्सको बीमा जागरण कार्यक्रम

वि.सं.२०८० असोज ७ आइतवार ११:१४

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशभरका विभिन्न...

सोचेअनुरुप काम गर्न नसक्दा सन्तुष्ट छैनौँ : सांसद डाँगी   

सोचेअनुरुप काम गर्न नसक्दा सन्तुष्ट छैनौँ : सांसद डाँगी   

वि.सं.२०८० असोज ७ आइतवार ११:०७

सिर्जना राई काठमाडौँ, ७ असोज : “सोचेअनुरुप काम गर्न नसक्दा...

आशा लघुवित्तको १ लाख ३० हजार संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

आशा लघुवित्तको १ लाख ३० हजार संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

वि.सं.२०८० असोज ७ आइतवार १०:५३

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था संस्थापक सेयर बिक्रीमा ल्याएको...