back

बजेटले बालविकासका शिक्षकको समस्या सम्बोधन गर्न नसकेको गुनासो   

काठमाडौँ, १९ जेठ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल शिक्षक सङ्घले आर्थिक वर्ष २०८०/८१ को बजेटले बाल विकासमा कार्यरत शिक्षकको समस्या समाधान गर्न नसकेको बताएको छ ।

सङ्घका महासचिव ज्ञानेन्द्रबहादुर रावलले एक विज्ञप्ति जारी गरी बजेटले विद्यालयमा कार्यरत कर्मचारीको समस्या सम्बोधन गर्न नसकेको बताउनुभएको हो ।

सङ्घले शिक्षक अस्पताल निर्माणका लागि बजेट विनियोजन नगरेको, राहत, अस्थायी, करार साविक उच्च माविमा कार्यरत शिक्षक, शिक्षक सिकाइ अनुदानमा कार्यरत शिक्षक, स्थानीय सरकारबाट नियुक्त शिक्षकको व्यवस्थापनमा पूर्णता बेवास्ता गरेको बताएको छ ।

बजेटले उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक सम्बन्धमा बजेट मौन रहेको, शिक्षा क्षेत्रमा २० प्रतिशत बजेट विनियोजन नभएको, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमले निरन्तरता नपाएको महासचिव रावलले बताउनुभयो ।

आधारभूत तहमा अनिवार्य र निःशुल्क शिक्षा तथा माध्यामिक तहमा अनिवार्य शिक्षासम्बन्धी संवैधानिक व्यवस्थालाई बजेटले पूरै बेवास्ता गरेको सङ्घले जनाएको छ । यसैगरी बजेट विद्यार्थीलाई दिवा खाजा अनुदान अपर्याप्तताबारे मौन रहेको र अन्य कक्षाका विद्यार्थीलाई पनि खाजा सुविधा नगरिएको सङ्घले जनाएको छ ।

वि.सं.२०८० जेठ १९ शुक्रवार १८:२५ मा प्रकाशित

You can share this post!

सिद्धार्थ बैंकमा जागिरको अवसर

सिद्धार्थ बैंकमा जागिरको अवसर

वि.सं.२०८० असोज ७ आइतवार ११:३८

काठमाडौं । सिद्धार्थ बैंकले विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ...

मार्तडीमा दुई सय क्विन्टल चामल ढुवानी   

मार्तडीमा दुई सय क्विन्टल चामल ढुवानी   

वि.सं.२०८० असोज ७ आइतवार ११:१८

बाजुरा, ७ असोज : दुई सातादेखि चामल अभाव रहेको खाद्य...

विभिन्न पालिकामा सन नेपाल लाइफ इन्स्योरेन्सको बीमा जागरण कार्यक्रम

विभिन्न पालिकामा सन नेपाल लाइफ इन्स्योरेन्सको बीमा जागरण कार्यक्रम

वि.सं.२०८० असोज ७ आइतवार ११:१४

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशभरका विभिन्न...

सोचेअनुरुप काम गर्न नसक्दा सन्तुष्ट छैनौँ : सांसद डाँगी   

सोचेअनुरुप काम गर्न नसक्दा सन्तुष्ट छैनौँ : सांसद डाँगी   

वि.सं.२०८० असोज ७ आइतवार ११:०७

सिर्जना राई काठमाडौँ, ७ असोज : “सोचेअनुरुप काम गर्न नसक्दा...

आशा लघुवित्तको १ लाख ३० हजार संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

आशा लघुवित्तको १ लाख ३० हजार संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

वि.सं.२०८० असोज ७ आइतवार १०:५३

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था संस्थापक सेयर बिक्रीमा ल्याएको...

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८० असोज ७ आइतवार १०:४०

काठमाडौं । आज असोज ७ गते आइतबार सुनको भाउ बढेको...