back
NMB ad

हेर्नुहोस आजको राशिफल, जेठ २० देखि २६ गते सम्मको साप्ताहिक राशिफल सहित

Kumari bank ad

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शुभ समाचार सुन्न पाइएला । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।

यो साता मेष राशिलाई आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । दैनिक व्यवहारमा खर्च बढ्न सक्छ । निर्णायक क्षमतामा कमी आउनेछ । साताको मध्यबाट शुभ समाचार सुन्न पाइएला । प्राविधिक क्षेत्रमा विशेष रुचि बढ्नेछ । पुनर्मिलनको योग पनि रहेको छ । यो साताका लागि शुभ अङ्क १,८ र शुभ रङ्ग रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शन गरि कार्य आरम्भ गर्दा शुभ फल मिल्नेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आकस्मिक धनलाभ हुनेछ । महिला वर्गबाट सहयोग मिल्नेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । पारिवारिक सद्भाव पनि बढ्नेछ ।

यो साता आतिथ्यपूर्ण सम्मान पाइएला । नयाँ कामको थालनी हुनेछ । अन्योलका बीच उन्नतिको मार्ग प्रशस्त हुनेछ । शुभ कार्य र सांस्कृतिक गतिविधिमा संलग्न हुने अवसर मिल्नेछ । मध्य सातामा आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । यो साताका लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग पर्पल वा आकाशे नीलो हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) बोलीको भरमा कार्य सम्पादन हुनेछ । आफन्तको प्रगतिमा मन रमाउला । शैक्षिक क्षेत्रमा सफलता मिल्ने र घरमा अतिथिको आगमन हुनेछ ।

यो हप्ता सोचेभन्दा धेरै मेहनत गरेर थोरैमात्रै सफलता प्राप्त गर्न सकिएला । महत्त्वपूर्ण अवसर गुम्न सक्छ, तर मध्य साताबाट शुभकार्यको चर्चा चल्नेछ । मित्र जनको साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुनेछ । नयाँ वस्त्र र अलंकार आदिको प्राप्ति पनि हुनेछ । यो साता यो साताका लागि शुभ अङ्क ४,७ र शुभ रङ्ग कलेजी वा घ्यू रङ्ग हो । कुनै शुभकर्म गर्नु अघि लक्ष्मीजीको दर्शन गरि कार्य गर्नाले अधिक सफलता मिल्नेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । परिवारमा सुख सन्तोष छाउनेछ ।

यो साता शुभ कार्यमा सरिक हुन सकिनेछ । प्रेमी र प्रेमिकाबाट विशेष सहयोग मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । ढिलै भए पनि काम सम्पन्न हुनेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । साताको अन्त्यमा अनावश्यक र दिक्कलाग्दो यात्रा हुनसक्छ । यो साताका लागि शुभ अङ्क २,८ र शुभ रङ्ग रातो हो । कुनै शुभकर्म गर्नु अघि आफ्नो गणेशजीको स्मरण गरि यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज मनमा दुबिधा उत्पन्न हुनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला, तर यात्रा सफल र भेटघाटको योग बनेको छ ।

यो साता धनु राशिका व्यक्तिलाई कामहरू अधुरै रहलान् । मित्रहरूले दिएको वचन फेरिन सक्छ । लगानी डुब्ने भय छ अतः सचेत रहनु होला । बुधवारबाट प्रेममा सम्बन्धमा मधुरता छाउनेछ । नोकरी र सामाजिक क्षेत्रबाट मानसम्मान प्राप्त हुनेछ । धार्मिक यात्राको योग पनि छ । यो साताका लागि शुभ अङ्क ३,७ र शुभ रङ्ग हरियो वा सेतो हो । शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) न्यायिक कार्यमा सफलता मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । आफन्तको प्रगतिमा मन रमाउनेछ । शुभ कार्यमा सरिक भइनेछ ।

यो साता शुभकार्यको योग रहेको छ । भौतिक सुविधाका साधन खरिद गर्ने अवसर जुट्न सक्छ । दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । मध्य साताबाट लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला । सपना पनि प्रतिकूल देखिन सक्छ । यो साताका लागि शुभ अङ्क १,६ र शुभ रङ्ग सुन्तला हो । कुनै शुभकर्म गर्नु पूर्व शङ्करजीको स्मरण गरि कार्य आरम्भ कार्य गर्दा अधिक सफलता मिल्नेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज धर्म कर्ममा रुचि बढ्ने छ । प्रिय व्यक्तिसँग भेटघाट हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ । स्वइच्छा भोजन पनि मिल्न सक्छ ।

यो साता शुभ कार्य र सांस्कृतिक गतिविधिमा संलग्न हुने अवसर मिल्नेछ । पुरानो समस्या सुल्झाउन सकिनेछ । प्रिय व्यक्तिसँग भेटघाट हुनेछ । क्रियाकलापमा सहभागी हुन पाइनेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । मध्य सातामा बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । यो साताका लागि शुभ अङ्क १,४ र शुभ रङ्ग सेतो हो । शुभकर्म गर्नु पूर्व दुर्गाजीको स्मरण गरि कार्य आरम्भ गर्दा शुभ फल प्राप्त हुनेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज समयको महत्व नबुझ्नाले अनावश्यक दुख पाइनेछ । तपाई आफ्नै कारणले मान सम्मान तथा प्रतिष्ठामा समस्या आउनेछ ।

यो साता रोकिएका अधुरा कार्य पुन: प्रारम्भ गर्न सकिएला । क्षमता प्रदर्शन गर्ने क्रममा पदोन्नतिको ढोका खोलिनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । शैक्षिक क्षेत्र र प्राविधिक काम पनि सहजै सम्पन्न हुनेछ । साताको अन्त्यमा दौडधुप गर्नु परे पनि लाभ हुनेछैन । यो साताका लागि शुभ अङ्क २,७ र शुभ रङ्ग पहेँलो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको स्मरण गरि कार्य आरम्भ गर्दा शुभ फल मिल्नेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । सवारी साधनको खरिद बिक्री हुने योग छ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् ।

कन्या राशिलाई यो साता धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । वैदेशिक क्षेत्रमा गरिएका कार्यले अन्ततः फाइदा नै पुर्‍याउनेछ । कलकारखाना र बन्दव्यापारमा पनि फाइदा हुनेछ । यो साताका लागि शुभ अङ्क ६,७ र शुभ रङ्ग सेतो वा नीलो हो । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज अरूलाई प्रभावित पारेर काम बन्नेछ । चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्ध हुनेछ । आयआर्जनका क्षेत्रमा पनि सुधार आउनेछ ।

यो साता वृश्चिक राशि हुनेहरूका लागि प्रेम जीवन सफल हुनेछ । आँटेको र ताकेको कार्य पूरा होला । राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ अत: भाग्यले विभिन्न अवसर जुराउनेछ । यो साताका लागि शुभ अङ्क १,५ र शुभ रङ्ग रातो वा पहेँलो हो । शुभकर्म गर्नु पूर्व आफ्नो कुलदेवताको स्मरण गरि कार्य आरम्भ गर्दा शुभ फल प्राप्त हुनेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज सेवा गर्ने अवसर मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । प्रेममा सफलता मिल्ला । कुनै कुराले मनमा प्रसन्नता र शान्ति छाउनेछ ।

यो साता आर्थिक वृद्धिका साथै शेयर बजारमा विशेष अभिरुचि रहनेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । वैदेशिक लगानी या कुनै नयाँ ठाउँमा निवेश र लगानीको वातावरण बन्नेछ । परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । यो साताका लागि शुभ अङ्क ५,९ र शुभ रङ्ग खैरो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आरधना गरि कार्य गर्नाले सफलता मिल्नेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । वैदेशिक क्षेत्र कमजोर रहला । सौन्दर्यतामा धन खर्च हुनेछ । पैतृक सम्पत्तिमा विवाद बढ्ला ।

यो साता नयाँ जिम्मेवारी पाइएला । क्षमता प्रदर्शन गर्ने क्रममा पदोन्नतिको ढोका खोलिनेछ । मित्र जनबाट साथ सहयोग मिल्ने देखिन्छ । व्यवसायका लागि यात्राको सम्भावना छ । धार्मिक तथा सांस्कृतिक सभासमारोहमा सरिक हुने अवसर मिल्नेछ । पुनर्मिलनको योग पनि रहेको छ । यो साताका लागि शुभ अङ्क ४,६ र शुभ रङ्ग हरियो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहको स्मरण गरि कार्य आरम्भ गर्दा लाभ मिल्नेछ ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । –ज्यो.पं. नारायणप्रसाद दुलाल

वि.सं.२०८० जेठ २० शनिवार ०७:३६ मा प्रकाशित

You can share this post!

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

वि.सं.२०८१ जेठ ७ सोमवार १८:००

काठमाडौं । महालक्ष्मी विकास बैंक आज २०८१ जेष्ठ ७ गतेदेखि...

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

वि.सं.२०८१ जेठ ७ सोमवार १७:४३

काठमाडौँ, ७ जेठ : चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकले...

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

वि.सं.२०८१ जेठ ७ सोमवार १७:१६

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का...

जगदुल्लाको ऋण सम्झौता भयो, तर पुल बनेन   

जगदुल्लाको ऋण सम्झौता भयो, तर पुल बनेन   

वि.सं.२०८१ जेठ ७ सोमवार १६:३९

हेमन्त केसी काँक्रेविहार (सुर्खेत), ७ जेठ : जगदुल्ला जलविद्युत् आयोजनाले...

बस दुर्घटनामा दुई जनाको मृत्यु, २१ घाइते   

बस दुर्घटनामा दुई जनाको मृत्यु, २१ घाइते   

वि.सं.२०८१ जेठ ७ सोमवार १६:१९

भेरीगङ्गा (सुर्खेत), ७ जेठ : दैलेखबाट सुर्खेत आउँदै गरेको बस...

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ जेठ ७ सोमवार १५:१३

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...