back

लगानीकर्ताले सबै ब्रोकर कार्यालयमा गरे तालाबन्दी

काठमाडौं । पूँजीबजारमा लगाइएको कर नीति खारेज गर्न माग गर्दै लगानीकर्ताहरूले शेयर बजार बन्द गराएका छन् । आज बिहानैदेखि लगानीकर्ताहरू ब्रोकर कार्यालयमा गएर तालाबन्दी गरिरहेका छन् ।

ब्रोकर कार्यालयको मूल गेटमा ताला लगाउन, ताला खोलेर कसैलाई पनि भित्र छिर्न नदिन र तोकिएको पर्चा टाँस्ने तथा सोही गेट आसपासमा बसेर दिनभरि निरीक्षण गर्ने स्टक ब्रोकर्स एशोसिएशन नेपालले जनाएको छ ।

लगानीकर्ताहरूको आन्दोलन चर्किँदै जाँदा आज नियमित दिनहरूमा जस्तो सजिलैसँग सेयर कारोबार हुन कठिन हुने देखिएको छ ।

विद्यमान पुँजीगत लाभकर (५) र ७.५५ प्रतिशत नै अन्तिम कायम गर्नुपर्ने भन्दै लगानीकर्ताहरू सडकमा उत्रिएका हुन् । सरकारले बजेटमार्फत र त्यसपछि आन्तरिक राजस्व विभागले पनि पुँजीगत लाभकर अन्तिम कर हो वा होइन भन्नेमा दुबिधा उत्पन्न हुने गरी सूचनाहरू जारी गरेपछि लगानीकर्ता रुष्ट भएका छन् ।

आन्दोलनमा उत्रिएका लगानीकर्ता तिलक कोइरालाले भ्याली बाहिरका जिल्लाहरूमा पनि तालाबन्दी गरिने बताए ।

लगानीकर्ता रोहन कार्कीले पनि सबै लगानीकर्तालाई आफ्नो नजिकको ब्रोकर कार्यालयमा गएर तालाबन्दी कार्यक्रम सफल पार्न अनुरोध गरेका छन् । उनले कुनै ब्रोकरलाई नखोल्न अनुरोध समेत गरेका हुन् । यदि ताला खोलिएमा त्यसपछि आउने परिस्थितिको जिम्मेवार स्वयम हुने उनले बताए ।
यदि कुनै ब्रोकरले ताला खोलेमा त्यसपछि आउने परिस्थितिको जिम्मेवार स्वयम हुने लगानीकर्ताहरुको चेतावनी छ।

वि.सं.२०८० जेठ २१ आइतवार १०:२९ मा प्रकाशित

You can share this post!

सौराहमा घटे पर्यटक   

सौराहमा घटे पर्यटक   

वि.सं.२०८० असोज ७ आइतवार १३:५६

चितवन ७ असोज : सौराहका पर्यटन व्यवसायीका लागि असोज ‘सिजन’को...

एनआरएनए सचिव पदका उम्मेदवार पन्थ युरोपमा

एनआरएनए सचिव पदका उम्मेदवार पन्थ युरोपमा

वि.सं.२०८० असोज ७ आइतवार १३:२४

काठमाडौं । गैह्र आवासीय नेपाली संघ(एनआरएनए) को हुन गइरहको अधिवेशनमा...

राहुघाट जलविद्युत् आयोजना :  १४ वर्षमा ६० प्रतिशत भौतिक प्रगति   

राहुघाट जलविद्युत् आयोजना : १४ वर्षमा ६० प्रतिशत भौतिक प्रगति   

वि.सं.२०८० असोज ७ आइतवार १३:१३

म्याग्दी, ७ असोज : नेपाल विद्युत् प्राधिकरणद्वारा निर्माणाधीन ४० मेगावाट...

एसियाडः पहिलो स्वर्ण चीनको खातामा   

एसियाडः पहिलो स्वर्ण चीनको खातामा   

वि.सं.२०८० असोज ७ आइतवार १२:५५

हाङ्झाउ, ७ असोज  : आयोजक राष्ट्र चीनले आइतबार एसियाली खेलकुदको...

सातै प्रदेशको सहभागितामा स्टार्टअप एण्ड आइडिया फेस्ट २०२३ आयोजना हुदै

सातै प्रदेशको सहभागितामा स्टार्टअप एण्ड आइडिया फेस्ट २०२३ आयोजना हुदै

वि.सं.२०८० असोज ७ आइतवार १२:४८

काठमाडौं । असोज १९ र २० गते काठमाडौंको बानेश्वर बैंकुटमा...

पर्यटकको पर्खाइमा मिलेनियम ट्रेकका पर्यटन व्यवसायी   

पर्यटकको पर्खाइमा मिलेनियम ट्रेकका पर्यटन व्यवसायी   

वि.सं.२०८० असोज ७ आइतवार १२:३७

वासुदेव पौडेल गण्डकी, ७ असोज : उत्तरतर्फ हिमाल दिनानुदिन खुल्दै...