
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै जुनियर अफिसर र सिनियर अफिसर पदमा केहि संख्याले कर्मचारी माग गरेको हो ।
बैंकका अनुसार सो पदहरुमा आवेदन दिनको लागि स्नातक तह उत्तिर्ण गरेको र टेक्नोलोजि क्षेत्रमा काम गरेको २ वर्षको अनुभब हुनुपर्ने छ ।
योग्यता पुगेका इच्छुक उम्मेदवारले असार २ गतेसम्म आवेदन दिनुपर्ने छ । आवेदन दिन बैंकको वेवसाईट https://www.siddharthabank.com/career/वा सूचनामा दिइएको क्युआर स्क्यान गरी आवेदन दिन सक्ने बैंकले जनाएको छ ।
वि.सं.२०८० जेठ २१ आइतवार १३:०४ मा प्रकाशित