back
NMB ad

सिंगटी हाइड्रोले बोलायो २ वर्षको वार्षिक साधारणसभा, हकप्रद जारी गर्ने

Kumari bank ad

काठमाडौं, २३ जेठ । सिंगटी हाइड्रो इनर्जीले एकैपटक दुई वर्षको वार्षिक साधारणसभा डाकेको छ।

कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले आर्थिक वर्ष २०७७/७८ र २०७८/७९को १२औँ र १३औँ वार्षिक साधारणसभा असार १३ गते काठमाडौंको धुम्बाराहीस्थित धुम्रबराह भेन्युमा बिहान ११ बजे बोलाएको छ ।

सभाले कम्पनीले चुक्तापुँजीको १ः१ अर्थात सतप्रतिशत हकप्रद सेयर जारी गर्ने सञ्चालक समितिको प्रस्तावित निर्णयबमोजिम विद्युत नियमन आयोगबाट सहमति प्राप्तिपश्चात हअनुमोदन तथा पारित गर्ने तथा संस्थापक सेयरधनीहरुबाट सेयरबापतको एड्भान्स रकम उठाउने विशेष प्रस्ताव पारित गर्नेछ। यसका लागि नियमनकारी निकायहरुबाट कुनै संशोधन तथा निर्देशन भएमो सोहीबमोजिम गर्न गराउन सञ्चालन समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

कम्पनीको नियमावली तथा प्रबन्धपत्रमा संशोधन र हकप्रद सेयरसम्बन्धी पारित प्रस्ताव नियमनकारी निकायहरुबाट स्वीकृति लिने क्रममा आवश्यक थपघट वा परिमार्जन गर्नुपरेमा सो कार्य गर्न गराउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव रहेको छ ।

हकप्रद सेयर जारी गर्दा कुनै सेयरधनीले आफूले लिन पाउने हकप्रद सेयर लिन इच्छा नगरेमा हक हस्तान्तरण गर्न र सोबापतको रकम दाखिला गरी अर्को सेयरधनीले हकप्रद सेयर लिन पाउनेसम्बन्धी विशेष प्रस्ताव सभाले अनुमोदन गर्नेछ। सभाले सञ्चालक समितिमा संस्थापक समूहबाट ४ र सर्वसाधारण समूहबाट २ जना सञ्चालकको निर्वाचन गर्नेछ। सभाले ती दुवै आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ।

वार्षिक साधारणसभा प्रयोनार्थ कम्पनीले जेठ ३१ गते बुक क्लोज गर्ने भएकोले जेठ ३० गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको वार्षिक साधारणसभामा भाग लिन पाउनेछन्।

वि.सं.२०८० जेठ २३ मंगलवार ११:२६ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...