back
NMB ad

नेपाल–चाइना फ्रेण्डसीप ड्रागन वोट फेस्टिभल २०२३ को तयारी तिब्र, नेपाली पर्यटनमा नयाँ प्रडक्ट स्थापित हुने

Kumari bank ad

काठमाडौं, २५ जेठ । पोखरामा आयोजना हुन गइरहेको नेपाल–चीन फ्रन्डसीप ड्रागन वोट फेस्टिभलको तयारी तिब्र रुपमा भएको छ । नेपाल पर्यटन बोर्ड, नेपाल स्थित चिनीयाँ दुतावास र पोखरा महानगरपालिकको आयोजना तथा पोखरा पर्यटन परिषद र चाइना ओभरसीज एशोसिएसनको सहआयोजना एवं होटल एशोसिएशन नेपाल (हान) र नेपाल एशोसिएशन अफ राफ्टिङ एजेन्सिज (नारा) संगको सहकार्यमा असार ८ र ९ गते (२३–२४ जुन २०२३) हुन लागेको फेस्टिभलको तयारीका सम्बन्धमा जानकारी दिन नेपाल पर्यटन बोर्डमा संयुक्त पत्रकार सम्मेलन आयोजना गरिएको थियो ।

पत्रकार सम्मेलनमा बोल्दै चिनीयाँ दुतावास, काठमाण्डौंका डेपुटी चिफ अफ मिसन ९डीसीएम० वाङ जिनले नेपाल र चीन बीच लामो समय देखि आर्थिक, सामाजिक तथा सांस्कृतिक सम्बन्ध रहँदै उल्लेख गर्दै यस प्रकारको कार्यक्रमले दुई देश तथा जनस्तरमा रहको सम्बनध सुमधुर हुनुका साथै नेपालको पर्यटन प्रर्वद्धन गर्न सघाउ पुग्ने बताउनु भयो ।

डीसीएम वाङ जिनले यस्तो वोट फेस्टिभल ५० भन्दा बढि देश तथा क्षेत्रहरुमा आयोजना हँदै आइरहको जानकारी दिँदै नेपालमा आयोजना गरिएको यो कार्यक्रम दषिण एशिया मै पहिलो भएको बताउनु भयो । साथै उहाँले यो फेस्टिवल एशियन गेममा समेत सहभागी गराइने खेल रहेको जानकारी दिनुभयो ।

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा। धनन्जय रेग्मीले नेपालमा पहिलो पटक आयोजना गर्न लागिएको यस प्रकारको कार्यक्रमले समग्रमा नेपाल कै पर्यटनमा नयाँ आयाम थप्ने तथा पोखराको पर्यटलाई थप चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा गरेको बताउनु भयो । उहाँले यो कार्यक्रम एकपटकका लागि मात्र नभई हरेक वर्ष निरन्तरता दिनेगरी अगाडि बढाउने सोंच रहेको समेत जानकारी दिनुभयो । ‘ यो कार्यक्रमले नेपालको समग्र पर्यटनमा नयाँ प्रडक्टका रुपमा थपिने छ नै । यसका माध्यमबाट हरेक वर्ष थप पर्यटक ल्याउन सकिन्छ । यसमा सबै सरोकारवालाहरुको सहयोग र सहभागिता जरुरी छ । ’ उहाँले भन्नु भयो ।

पोखरामा अन्तरराष्ट्रिय विमानस्थल निमार्ण सम्पन्न भएको अवस्थामा यस प्रकारका कार्यक्रमले विदेशीलाई पोखरामा आमन्त्रण गर्न र विमानस्थलबाट अन्तरराष्ट्रिय उडान सञ्चालन गर्न पनि यस कार्यक्रमले सघाउ पुग्ने अपेक्षा गरिएको बताउनु भयो । उहाँले यो कार्यक्रममा पनि चीनबाट चार्टर उडान गर्ने प्रयास भइरहको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रमा अवसरमा फेस्टिवलको लोगो तगथा पर्वद्धनात्मक भियियो समेत अनावारण गरिएको थियो । नेपालमा चीनियाँ पर्यटक बढाउने उद्देश्यले आयोजना गर्न लागिएको उक्त कार्यक्रमा सम्बन्धमा गत वैशाख २१ गते बिहीबार नेपाल पर्यटन बोर्ड र चिनीयाँ दुतावासका अधिकारी तथा पोखरा महानगरपालिकाका बीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

वि.सं.२०८० जेठ २५ बिहीवार १७:०७ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ जेठ ८ मंगलवार ०६:२७

काठमाडौँ, ८ जेठ: हाल देशमा स्थानीय र पश्चिमी वायुका साथै...

मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी   

मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी   

वि.सं.२०८१ जेठ ८ मंगलवार ०६:११

कर्णाली : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति...

आज ८ जेठ २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

आज ८ जेठ २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ जेठ ८ मंगलवार ०६:०५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

वि.सं.२०८१ जेठ ७ सोमवार १८:००

काठमाडौं । महालक्ष्मी विकास बैंक आज २०८१ जेष्ठ ७ गतेदेखि...

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

वि.सं.२०८१ जेठ ७ सोमवार १७:४३

काठमाडौँ, ७ जेठ : चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकले...

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

वि.सं.२०८१ जेठ ७ सोमवार १७:१६

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का...