back
NMB ad

दीगो विकासको लक्ष्यलाई सुनिश्चित गर्नका लागि बीमा क्षेत्रको भूमिका महत्वपूर्ण रहने : अर्थमन्त्री महत

Kumari bank ad

काठमाडौं, २६ जेठ । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल बीमा प्राधिकरणबाट आयोजित एसियाली बीमा सम्मेलन आज काठमाडौंमा उद्घाटन गर्नुभएको छ ।

अर्थमन्त्री डा. महतले समारोहलाई सम्बोधन गर्नुहुँदै दीगो विकासको लक्ष्यलाई सुनिश्चित गर्नका लागि बीमा क्षेत्रको भूमिका महत्वपूर्ण रहने बताउनुभयो ।

अर्थमन्त्री डा. महतले प्राकृतिक प्रकोप, आर्थिक उतारचढाव, साइवर चुनौती लगायतका नयाँ नयाँ जोखिमहरुले बीमा क्षेत्रमा मात्र नभई व्यक्तिगत, सामाजिक र व्यवसायिक सुरक्षामा समेत प्रभाव पार्ने बताउनुभयो ।

अर्थमन्त्री डा. महतले बीमा क्षेत्रका नियामक निकायहरुले परिवर्तित जोखिमहरुलाई सम्बोधन गर्नका लागि प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने औंल्याउनुहुँदै प्रभावकारी नियमनका लागि आपसी सद्भाव अभिवृद्धि, उत्कृष्ट अभ्यासको आदानप्रदान र सामूहिक सिकाई आवश्यक रहेको बताउनुभयो ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले नेपाल सरकारले वित्तीय नीतिमा बीमालाई प्राथमिकता दिँदै आएको उल्लेख गर्नुहुँदै सरकारले कृषिबीमाको प्रवद्र्धन, लघुबीमालाई प्रोत्साहन र बीमाको पहुँच वृद्धिका लागि समावेशी बीमा जस्ता नविनतम् नीतिहरु कार्यान्वयनमा ल्याएको जानकारी दिनुभयो ।

अध्यक्ष सिलवालले बीमा क्षेत्रका नियामक निकायहरुले नवीनतम् प्रविधिको प्रयोग, बीमितको संरक्षण र बजारमा स्वच्छ अभ्यासको प्रवद्र्धन तथा बीमाको पहुँच वृद्धि गर्ने किसिमले जोखिम व्यवस्थापन रणनीतिहरु सहितको प्रभावकारी ढाँचा विकास गर्नुपर्ने बताउनुभयो ।

सम्मेलनको आजको दोस्रो दिनको सत्रमा जलवायु परिवर्तनका चुनौती र बीमा क्षेत्रको भविष्य, जलवायु परिवर्तनको जोखिमका सन्दर्भमा नियामक निकाय, बीमक र पुनर्बीमकको भूमिका, भूकम्प बीमाका सम्बन्धमा एसियाको अनुभव तथा कृषि बीमाको विकास र अभ्यास सम्बन्धी कार्यपत्रहरु प्रस्तुत गरिएका थिए ।

यसअघि सम्मेलनको पहिलो दिन, हिजो विभिन्न देशका बीमा क्षेत्रका नियामक निकायहरूका पदाधिकारीहरुको सहभागितामा भएको सत्रमा नेपाली बीमा क्षेत्र तथा नियामकीय ढाँचा,Risk Based Solvency को कार्यान्वयन, जोखिममा आधारित पूँजीगत ढाँचा, बीमा क्षेत्रमा नवीनतम् डिजिटल प्रविधि र बीमा व्यवसायको विकासका लागि नियामक निकायहरुको क्षमता अभिवृद्धि सम्बन्धी कार्यपत्रहरु प्रस्तुत गरिएका थिए ।

International Association of Insurance Supervisors (IAIS), Asian Development Bank (ADB)  र Access to Insurance Initiative (A2ii)  को सहयोगमा आयोजित तीनदिने सम्मेलनको मूल विषय ‘Building Resilience of Insurance towards Emerging Risk’ रहेको छ ।

भोलिसम्म हुने सम्मेलनमा नेपाल लगायत भारत, बङ्गलादेश, श्रीलङ्का, भुटान, कम्बोडिया, इण्डोनेसिया, माल्दिभ्स, थाइल्याण्ड, मकाओ, जोर्डन, मलेसिया, फिलिपिन्स, सिंगापुर, जापान लगायत विभिन्न २० देशका बीमा क्षेत्रका नियामक निकायहरूका पदाधिकारीहरू, बीमा क्षेत्रसँग सम्बन्धित निकायका पदाधिकारी, बीमा कम्पनी, पुनर्बीमा कम्पनी, बीमा सर्भेयर, बीमा अभिकर्ता, बीमाङ्की, बीमा ब्रोकर, बीमा विज्ञ र विभिन्न बीमा सेवा प्रदायक सङ्घ संस्थाका पदाधिकारीहरूको सहभागिता रहेको छ ।

वि.सं.२०८० जेठ २६ शुक्रवार १६:४१ मा प्रकाशित

You can share this post!

मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर   

मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर   

वि.सं.२०८१ जेठ २ बुधवार ११:२४

वीरगञ्ज (पर्सा), २ जेठः मधेस प्रदेशका ९० दशमलव ६ प्रतिशत...

नेपाल नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री   

नेपाल नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री   

वि.सं.२०८१ जेठ २ बुधवार ११:१५

काठमाडौँ, २ जेठः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानी प्रक्रियालाई सरलीकृत...

आज महँगियो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

आज महँगियो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ जेठ २ बुधवार १०:४२

काठमाडौं । साताको चौथो कारोबार दिन सुनको भाउ बढेको छ...

अरुण भ्याली हाइड्रोपावरको लिलामी सेयर बाँडफाँड, कट आफ प्राइस कति ?

अरुण भ्याली हाइड्रोपावरको लिलामी सेयर बाँडफाँड, कट आफ प्राइस कति ?

वि.सं.२०८१ जेठ २ बुधवार १०:३५

काठमाडौं । अरुण भ्याली हाइड्रोपावरको लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

संसद्को अवरोध हटाउन प्रधानमन्त्री र सभामुखबीच छलफल   

संसद्को अवरोध हटाउन प्रधानमन्त्री र सभामुखबीच छलफल   

वि.सं.२०८१ जेठ २ बुधवार १०:२६

काठमाडौँ, २ जेठः सङ्घीय संसद्का दुवै सदनमा उत्पन्न गतिरोध अन्त्य...

यस्तो रहनेछ आजको मौसम

यस्तो रहनेछ आजको मौसम

वि.सं.२०८१ जेठ २ बुधवार १०:२१

काठमाडौँ, २ जेठः हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव...