back
NMB ad

राष्ट्र उत्थान लघुवित्तले डाक्यो साधारणसभा, यस्ता छन् एजेण्डा

Kumari bank ad

काठमाडौं, २८ जेठ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले आफ्नो चौथो वार्षिक साधारणसभा डाकेको छ।

संस्थाको सञ्चालक समितिको बैठकले सभा असार १६ गते काभ्रेको धुलिखेलस्थित होटेल अरनिकोमा दिउँसो १ बजेबाट सुरु हुनेछ।

सभाले राष्ट्र उत्थान र आशा लघुवित्तबीचको मर्जर प्रक्रिया स्वीकृत गर्नेछ। मर्जर प्रयोजनका लागि हालसम्म भएको सहमति र सम्झौता पनि सभाले अनुमोदन गर्ने प्रस्ताव रहेको छ।

सभाले मर्जर प्रयोजनका लागि तय भएको १ः१ सेयर स्वाप रेसियो पनि पारित गर्नेछ। मर्जरपछि ‘राष्ट्र आशा लघुवित्त वित्तीय संस्था लिमिटेड’को नामबाट एकीकृत कारोबार गर्ने र केन्द्रीय कार्यालय काभ्रेको बनेपा–१३ साँगामा रहने विशेष प्रस्ताव पारित गर्नेछ।

संस्थाको चुक्तापुँजी १७ करोड ५० लाख रुपैयाँबाट वृद्धि गरी २६ करोड रुपैयाँ र प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

वि.सं.२०८० जेठ २८ आइतवार ११:१३ मा प्रकाशित

You can share this post!

साझा यातायातका बसहरूमा बीमा सन्देश स्टिकहरू टाँस्न शुरू

साझा यातायातका बसहरूमा बीमा सन्देश स्टिकहरू टाँस्न शुरू

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ११:१९

काठमाडौं । नेपाल बीमा प्राधिकरणले साझा यातायातसँगको सहकार्यमा बीमा सम्बन्धी...

प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन   

प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ११:१०

काठमाडौँ, २१ वैशाख : नेपाल महासङ्घको २७औँ अधिवेशन प्रारम्भ भएको...

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:४२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउमा गिरावट आएको...

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:१२

काठमाडौं। हिमालयन डिष्टिलरी लिमिटेडले पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई...

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...