काठमाडौं । कृषि विकास बैंक लिमिटेडले आफ्ना सेवाग्राहीलाई एक महत्वपुर्ण सूचना जारी गरेको छ ।
बैंकले सूचना प्रकाशित गर्दै समाजिक संचाल मार्फत बैंकको लोगो तथा बैंकसँग सम्बन्धित फोटोहरु प्रयोग गरी विभिन्न लिंकहरु प्रयोग गरी चिट्ठा, उपहार कार्यक्रम भनि गठि रहेको बताएको हो । बैंकले सामाजिक संजाल मार्फत, कुनै पनि लिंक, चिठ्ठा तथा उपहार कार्यक्रम नल्याएको जनाएको छ ।
यसका साथै बैंकले खाताको केवाईसी अपडेट गर्ने प्रयोजनको लागि भनेर वा अन्य कुनै प्रयोजनको लागि ओटीपी, लिङ्क, पीन कोड तथा पासवर्ड जस्ता ग्राहकका गोप्य सूचना बैंकले नमाग्ने भएको हुदा यस्ता सूचनाहरु कसैलाई पनि नदिन आग्रह गरेको छ ।
वि.सं.२०८० जेठ २९ सोमवार १३:२६ मा प्रकाशित