back
NMB ad

गेमचेन्जर उद्योगको रुपमा जलविद्युतलाई अगाडि बढाउँछौंः उपाध्यक्षका उम्मेदवार ब्लोन (भिडियो)

Kumari bank ad

उत्तम ब्लोन लामा

काठमाडौं, ३० जेठ । दश वर्ष अघिदेखि जलविद्युत् क्षेत्रमा लागेका ब्लोन दश वर्षमा यो बीचमा यस क्षेत्रमा परिवर्तन र उपलब्धी धेरै आइसकेको बताउँछन् । करिब दुई अर्ब लगानीमा नेपाल पावर एक्स्चेञ्ज कम्पनी लिमिटेड नेपेक्स खोलेर विद्युत व्यापार कम्पनी शुरु गरिसकेका उनले जलविद्युत क्षेत्र आज सबैभन्दा खराब समयबाट गुज्रीरहेको बताउँछन् ।

अन्तर्राष्ट्रिय बजार सुनिश्चित नहुने नेपालमा बिजुलीको उत्पादन बढी हुने तर खपत कम हुने, आन्तरिक खपतका लागि ट्रान्समिसन लाइनको विस्तार, पूर्वाधार समयमै तयार नहुने हुँदा बिजुली खेर गएर बैंकिङ प्रणाली र भोलिका दिनमा नेपालको अर्थतन्त्रमा धक्का पर्नसक्ने अवस्था अन्त्य गर्न आफूले पहल गर्ने उपाध्यक्षका उम्मेदवार ब्लोनको धारणा छ । जलविद्युत्को उचित दिर्घकालिन नीति नहुँदा आयोजना नबन्ने र भोलिका लागि वा सदाका लागि बाटो बन्द हुनसक्ने स्थिति अन्त्य गर्न पनि आफूहरु लाग्ने उनी बताउँछन् ।

आगामी दुई वर्षमा अन्तर्राष्ट्रिय बजार सुनिश्चित गर्न सकेमा विदेशी मुद्रा सञ्चितीमा ठूलो टेवा पुग्नसक्ने भन्दै उनले भारतसहित, बंगलादेश र एसिया क्षेत्रका देशहरुमा नेपालको जलविद्युत् निर्यात गर्ने सम्भावना उजागर गर्ने बताएका छन् । पछिल्लो छलफल भारतसँग १० हजार मेगावाट निर्यातबारे छलफल बहस भइरहेको र यसले गेमचेन्जर उद्योगकोरुपमा जलविद्युत आउनसक्ने भन्दै समन्वय गरेर अगाडि लैजान आफूले आवश्यक नेतृत्व गर्ने ब्लोन बताउँछन् ।

जसले आजको दिनमा विद्युत व्यापार ऐन र विधेयक आउनेबित्तिकै करिब चार वर्ष अगाडिदेखि लाइसेन्स माग गरेर बसेको कम्पनीमार्फत विद्युत व्यापारमा लाग्ने उनको भनाइ छ । जतिसुकै उत्पादन भएपनि नेपाली जलविद्युत् न्यूनत्तम चार रुपैयाँभन्दा माथि अन्तर्राष्ट्रिय बजारमा पुर्याउन बजार सुनिश्चित गराउन पहल गर्ने उनको उद्घोष छ । दश वर्षमा देशभित्र खपत गरेर वार्षिक चारदेखि पाँच खर्बसम्मको बिजुली बेच्नसक्ने अवस्थामा देशलाई पुर्याउनेगरी आफूहरु लाग्ने ब्लोन बताउँछन् ।

वि.सं.२०८० जेठ ३० मंगलवार ११:४१ मा प्रकाशित

You can share this post!

सन्दीप लामिछानेले पाए सफाई, फेरि क्रिकेटमा फर्किन योग्य

सन्दीप लामिछानेले पाए सफाई, फेरि क्रिकेटमा फर्किन योग्य

वि.सं.२०८१ जेठ २ बुधवार १७:१७

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा...

उप्रधानमन्त्री लामिछाने र स्वीडेनका राजदूत थेलेफबीच भेटवार्ता   

उप्रधानमन्त्री लामिछाने र स्वीडेनका राजदूत थेलेफबीच भेटवार्ता   

वि.सं.२०८१ जेठ २ बुधवार १७:०१

काठमाडौँ, २ जेठ : उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेसँग नेपालका...

मर्यादित संसदीय अभ्यासका लागि एमाले समर्पित छ : अध्यक्ष ओली   

मर्यादित संसदीय अभ्यासका लागि एमाले समर्पित छ : अध्यक्ष ओली   

वि.सं.२०८१ जेठ २ बुधवार १६:५५

काठमाडौँ, २ जेठ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष...

आगामी ५ वर्षमा आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुर्याउने लक्ष्य   

आगामी ५ वर्षमा आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुर्याउने लक्ष्य   

वि.सं.२०८१ जेठ २ बुधवार १६:५०

काठमाडौँ, २ जेठ : आगामी पाँच वर्षमा मुलुकको आर्थिक वृद्धिदर...

सोह्रौँ योजना कार्यान्वयन गर्न अनुमानित लागत एक सय ११ खर्ब अनुमान  

सोह्रौँ योजना कार्यान्वयन गर्न अनुमानित लागत एक सय ११ खर्ब अनुमान  

वि.सं.२०८१ जेठ २ बुधवार १६:४६

काठमाडौँ, २ जेठ : सोह्रौँ योजना कार्यान्वयनका लागि करिब रु...

एनसेलद्वारा ‘फाइभजी भिजन’मा आधारित ‘सधैँ अन’ योजना सार्वजनिक   

एनसेलद्वारा ‘फाइभजी भिजन’मा आधारित ‘सधैँ अन’ योजना सार्वजनिक   

वि.सं.२०८१ जेठ २ बुधवार १६:४०

काठमाडौँ, २ जेठ : निजी क्षेत्रको टेलिकम्युनिकेसन सेवा प्रदायक कम्पनी...