back
NMB ad

नेपाल राष्ट्र बैंकले गर्यो यस्तो आग्रह

Kumari bank ad

काठमाडौं, ३२ जेठ । आफूलाई बैंकको कर्मचारी बताउँदै कसैले ओटीपी (वन टाइम पासवर्ड), पिन वा अन्य कुनै नम्बर उल्लेखित म्यासेजका विवरण मागेको खण्डमा नदिन नेपाल राष्ट्र बैंकले आग्रह गरेको छ ।

एक सूचना जारी गर्दै राष्ट्र बैंकले विगत केही समयदेखि अनधिकृत व्यक्तिले आफूलाई बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायकको कर्मचारी बताउँदै ग्राहक पहिचान (केवाइसी) विवरण अद्यावधिक गर्नका लागि ओटीपी वा निश्चित अंकको नम्बर उल्लेख भएको म्यासेज विवरण मागेर रकम चोरी गरेको पाइएको जनाएको छ ।

‘यस्ता अनधिकृत व्यक्तिले ग्राहकको मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आईपीएस, वालेटजस्ता विद्युतीय भुक्तानीका साधनको पासवर्ड रिसेट गरी ग्राहकको खातामा आफ्नो पहुँच पुर्‍याई खाताबाट रकमान्तर गर्ने प्रवृत्ति बढेको पाइएको छ’ सूचनामा भनिएको छ ।

यस्ता ठगीबाट जोगिनका लागि जोकोहीले म्यासेजमा आएको नम्बर वा विवरण उपलब्ध नगर्नरनगराउन राष्ट्र बैंकले आग्रह गरेको छ । यस्ता घटना घटाएमा वा घटाउनका लागि कसैले उत्प्रेरित गरेमा सोको जानकारी तत्काल सम्बन्धित बैंक, वित्तीय संस्था वा भुक्तानी सेवा प्रदायक संस्थामा दिन राष्ट्र बैंकले आग्रह गरेको छ ।

 

वि.सं.२०८० जेठ ३२ बिहीवार १७:२५ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ जेठ ८ मंगलवार ०६:२७

काठमाडौँ, ८ जेठ: हाल देशमा स्थानीय र पश्चिमी वायुका साथै...

मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी   

मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी   

वि.सं.२०८१ जेठ ८ मंगलवार ०६:११

कर्णाली : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति...

आज ८ जेठ २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

आज ८ जेठ २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ जेठ ८ मंगलवार ०६:०५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

वि.सं.२०८१ जेठ ७ सोमवार १८:००

काठमाडौं । महालक्ष्मी विकास बैंक आज २०८१ जेष्ठ ७ गतेदेखि...

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

वि.सं.२०८१ जेठ ७ सोमवार १७:४३

काठमाडौँ, ७ जेठ : चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकले...

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

वि.सं.२०८१ जेठ ७ सोमवार १७:१६

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का...