back
NMB ad

मध्यपहाडी लोकमार्गका दुई सहरलाई नमूनाका रूपमा विकास गरिने   

Kumari bank ad

काठमाडौँ, ३२ जेठ ।सहरी विकासमन्त्री सीता गुरुङले मध्यपहाडी लोकमार्गका दायाँबायाँ निर्माण हुने १० सहरमध्ये दुई सहरलाई नमूनाका रूपमा विकास गर्न लागिएको बताउनुभएको छ ।

मन्त्रालयमा आज आयोजित पूर्वाधार पत्रकारसँगको भेटघाट कार्यक्रममा उहाँले नगर विकास कोषसँग ऋण सहयोग लिएर दुई सहरलाई नमूनाका रूपमा विकास गर्न लागिएको जानकारी गराउनुभएको हो । तेह्रथुमको वसन्तपुर र अछामको साँफेबगरलाई १० सहरमध्येको नमूनाका रूपमा विकास गर्न सुरु गर्ने गरी काम अघि बढाइएको हो । यसका लागि कोषले लागतको ५० प्रतिशत ऋण दिने भएको छ । बाँकी ५० प्रतिशत भने मन्त्रालयले नै व्यवस्थापन गर्न लागेको हो ।

सुरक्षित नागरिक आवास कार्यक्रमका लागि धेरै माग भए पनि बजेट नभएका कारण समस्यामा परेको मन्त्री गुरुङले बताउनुभयो । यो कार्यक्रमका लागि तीन किस्तामा रु ५० हजार दिने गरिएकामा काम नभई यत्तिकै बजेट सकिएको गुनासो सेवाग्राहीबाट आएपछि एकै किस्तामा दिने निर्णय मन्त्रिस्तरबाट भएको पनि उहाँले कार्यक्रममा सुनाउनुभयो ।

मन्त्रालयअन्तर्गतको जनता आवास कार्यक्रमको पनि जनस्तरबाट माग धेरै आउने गरेको छ । तर बजेटको अभावका कारण काममा समस्या हुने गरेको छ । विकाससँग सरोकार राख्ने मन्त्रालयबीच समन्वय गरी काम गर्न लागिएको जानकारी पनि उहाँले गराउनुभयो । यसका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र सिँचाइ, ऊर्जा तथा जलस्रोत मन्त्रालयसँग सहकार्य गर्न लागिएको हो ।

संविधानले नै फोहर व्यवस्थापनको काम स्थानीय सरकारलाई दिएकाले कानूनी र प्राविधिक सहयोग भने मन्त्रालयले गर्ने गरेको छ । फोहर व्यवस्थापनलाई पाठ्यक्रममै राखेर विद्यार्थीकालदेखि नै जागरणमूलक अभियान चलाउन लागिएको मन्त्री गुरुङले बताउनुभयो ।

नुवाकोटको बञ्चरेडाँडामा राजधानीको फोहर व्यवस्थापनका लागि संरचना निर्माण पनि मन्त्रालयले नै गरेको छ । फोहर व्यवस्थापनका लागि नीतिगत विषयमा पनि मन्त्रालयले नै काम गर्दै आएको छ । देशभरका सहरलाई व्यवस्थित बनाउने, वाग्मती नदीलाई स्वच्छ एवं पवित्रस्थलका रूपमा विकास गर्न आवश्यक काम गर्ने, राजधानीका चार कुनामा सहर निर्माण गर्न जग्गा रोक्का राख्दा धेरैलाई अप्ठ्यारो भएको गुनासो सुनिन आएकाले व्यावहारिकरूपमा निर्णय गर्ने गरी गृहकार्य भइरहेको जानकारी पनि मन्त्री गुरुङले गराउनुभयो । मन्त्रालयले नयाँ सहर, स्मार्ट सिटीलगायत कार्यक्रमलाई पनि प्राथमिकता साथ अघि बढाउने जनाएको छ ।

राजधानीमा धोबीखोला कोरिडोर, बाहिरी चक्रपथलगायत काम पनि मन्त्रालयले महत्त्वका साथ अघि बढाउने भएको छ । फोहर व्यवस्थापनका लागि स्रोतमै वर्गीकरण र प्लास्टिक झोलाले पारेको प्रभावलाई न्यून गर्न सुर्ती, चुरोट, गुट्खा, सुपारीलगायत सामग्रीलाई प्लास्टिक झोलाले नबेर्ने गरी नीति तथा कार्यक्रम र बजेटले पनि सम्बोधन गरेकाले त्यसलाई कार्यान्वयनमा लगिने भएको छ ।

वि.सं.२०८० असार १ शुक्रवार ०६:३६ मा प्रकाशित

You can share this post!

मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल   

मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल   

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:१२

रसुवा ७ जेठः चीनमा अवस्थित धार्मिकस्थल मानसरोवरकाे यात्रा सुरु भएको...

आज ७ जेठ २०८१ सोमवार, कस्तो छ आजको राशिफल ?

आज ७ जेठ २०८१ सोमवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:०७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१९

काठमाडौं । कुमारी बैंक लिमिटेड र होटल भिन्टेज होम, भक्तपुर...

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१३

काठमाडौँ, ६ जेठः उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आरोप–प्रत्यारोपको शृङ्खला...

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

वि.सं.२०८१ जेठ ६ आइतवार २०:०१

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले इटहरी स्थित होटल सोल्टी...

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

वि.सं.२०८१ जेठ ६ आइतवार १९:५१

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कंपनी लिमिटेडले पर्सा जिल्ला, पर्सागढि-१, विरूवागुठी...