back
NMB ad

इप्पानमा गणेश कार्कीको प्यानलै निर्वाचित, यस्तो बन्यो नयाँ कार्यसमिति

Kumari bank ad

काठमाडौं, ०१ असार । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को नयाँ कार्यसमितिमा गणेश कार्कीको प्यानलै विजयी भएको छ ।

अध्यक्षदेखि कोषाध्यक्षसम्म निर्विरोध निर्वाचित भएको नयाँ कार्यसमितिमा ७ जना सदस्यको लागि मात्रै मतदान भएको थियो । त्यसमा पनि कार्की समूहबाट प्रतिस्पर्धामा उत्रिएका सबै उम्मेदवार विजयी भएका छन् ।

वरिष्ठ उपाध्यक्षमा मोहनकुमार डाँगी निर्वाचित भएका छन् । त्यस्तै ५ जना उपाध्यक्षमा आशिष गर्ग, भरतबहादुर खत्री, उत्तम भ्लोन लामा, रामप्रसाद आचार्य, र आनन्द चौधरी निर्वाचित भएका छन् । त्यस्तै महासचिवमा बलराम खतिवडा र उपमहासचिवमा प्रकाशचन्द्र दुलाल निर्वाचित भएका छन् ।

त्यस्तै ५ जना सचिवमा भरतप्रसाद नेपाल, भरतकुमार खड्का, कविता पोखरेल, विक्रम बिष्ट र हिम प्रसाद पाठक निर्वाचित भएका छन् । कोषाध्यक्षमा नरेन्द्र बल्लभ पन्त निर्वाचित भएका छन् । १० जना सदस्य मध्ये ७ जना खुल्ला र ३ जना महिला सदस्य रहने व्यवस्था थियो । महिला सदस्य निर्विरोध निर्वाचित भएपनि ७ जना खुल्ला सदस्यमा भने १४ जना प्रतिस्पर्धामा थिए ।

त्यसमा पनि कार्की प्यानलका उत्तर कुमार श्रेष्ठ, शंकर बस्याल, मिथुन चक्रवर्ती प्रसाद पौडेल, भरतमणी नेपाल, विजय मोहन भट्टराई, टिएन आचार्य र भरत पराजुली निर्वाचित भएका छन् । ३ जना महिला सदस्यमा ईशा श्रेष्ठ, सुसन कर्माचार्य र सुमन जोशी निर्विरोध निर्वाचित भएका छन् ।

वि.सं.२०८० असार १ शुक्रवार ११:३६ मा प्रकाशित

You can share this post!

दिल्लीमा अहिलेसम्मकै उच्च तापक्रम मापन, पानीको अभाव हुन सक्ने चेतावनी     

दिल्लीमा अहिलेसम्मकै उच्च तापक्रम मापन, पानीको अभाव हुन सक्ने चेतावनी     

वि.सं.२०८१ जेठ १६ बुधवार १२:१९

नयाँ दिल्ली, १६ जेठ : भारतको राजधानी नयाँ दिल्लीमा तापक्रम...

नेपालकै पहिलो एकीकृत च्याङ्ग्रा पस्मिना फार्म स्थापना   

नेपालकै पहिलो एकीकृत च्याङ्ग्रा पस्मिना फार्म स्थापना   

वि.सं.२०८१ जेठ १६ बुधवार १२:०७

मुस्ताङ, १६ जेठ : व्यावसायिक च्याङ्ग्रा खेतीको विकास गर्न र...

हिमाली क्षेत्रको संरक्षणमा सक्रिय हुन प्रधानमन्त्री दाहालको आह्वान   

हिमाली क्षेत्रको संरक्षणमा सक्रिय हुन प्रधानमन्त्री दाहालको आह्वान   

वि.सं.२०८१ जेठ १६ बुधवार १२:००

काठमाडौँ, १६ जेठ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमाललाई प्रदूषणरहित बनाइराख्न...

मर्मतपछि रिडी पावरको स्वामित्वमा रहेको ९.९ मेगावाट क्षमताको इँवा खोला जलविद्युत आयोजना पुन संचालनमा

मर्मतपछि रिडी पावरको स्वामित्वमा रहेको ९.९ मेगावाट क्षमताको इँवा खोला जलविद्युत आयोजना पुन संचालनमा

वि.सं.२०८१ जेठ १६ बुधवार ११:१०

काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडको स्वामित्वमा रहेको ९.९ मेगावाट...

सुनको मूल्य वृद्धि, आज कति बढ्यो ?

सुनको मूल्य वृद्धि, आज कति बढ्यो ?

वि.सं.२०८१ जेठ १६ बुधवार ११:०२

काठमाडौं । साताको चौथो कारोबार दिन सुनको भाउ महँगिएको छ...

भिजन ईनर्जिले आईपीओ निष्कासन गर्ने

भिजन ईनर्जिले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८१ जेठ १६ बुधवार १०:४१

काठमाडौं ।  भिजन ईनर्जि एण्ड पावर लिमिटेडले आईपीओ निष्कासन गर्ने...