back
NMB ad

एनआईसी एशिया बैंकको वेबसाइट आकर्षक नयाँ डिजाइनमा, डिजिटल बैंकिङ्गलाई थप सहज

Kumari bank ad

काठमाडौं, ०१ असार । एनआईसी एशिया बैंकले डिजिटल बैंकिङ्गलाई थप सहज, सरल र सुरक्षित बनाउने अठोटका साथ आफ्नो वेबसाइट  http://nicasiabank.com लाई आकर्षक फिचरहरुसहित नयाँ डिजाइनमा स्तरोन्नति गरेको छ । बैंकले आफ्ना सेवा तथा सुविधाहरु थप ग्राहकमैत्री बनाउदै लैजाने उद्देश्य अनुरुप हाल सञ्चालनमा रहेकोे वेबसाइटलाई परिस्कृत एवं परिमार्जन गर्दै नयाँ डिजाइन सार्वजनिक गरेको हो ।

ग्राहकहरुले खोजेको प्रोडक्ट, विवरण वा जानकारी आवाजद्वारा समेत सजिलैसँग खोज्न सकिने सुविधा यस वेबसाइटको प्रमुख विशेषता रहेको छ । साथै, ग्राहकहरुले खोजेअनुसारको प्रोडक्ट र विवरणहरु उपलब्ध गराउन भनेर वेबसाइटमा राखिएको ‘कस्टुमर जर्नी म्यापिङ’ सिस्टमबाट ग्राहकहरुले सहजै सर्च हिस्ट्री थाहा पाउन सक्नुहुनेछ ।

मोबाईल, कम्प्युटर, ल्यापटप, ट्याब जस्ता डिभाइसहरुमा फिट हुनेगरी डिजाइन गरिएको यस नयाँ वेबसाइटमा प्रयोगकर्ताहरुको डाटा सुरक्षालाई ध्यानमा राखेर विशेष सुरक्षा प्रणाली अपनाइएको छ ।

वेबसाइटमार्फत अनलाईन खाता, भिडियो केवाईसी अद्यावधिक, खातामा प्यान अद्यावधिक, अनलाईन डिम्याट, शेयर आवेदन, मर्चेन्ट आवेदन, ई–सर्भिसमार्फत विभिन्न भुक्तानीहरु गर्न मिल्ने सुविधाको साथमा बैंकका शाखा, एक्स्टेन्सन काउण्टर, एटिएमहरुको स्थान पत्ता लगाउन सकिने लगायत बैंक सम्बन्धी विविध जानकारी तथा सहयोगका लागि चौबीसै घण्टा च्याटबट सेवा समेत उपलब्ध छन् ।

यस बैंकको मोबाइल बैंकिङ्ग एपमा रहेको ओम्नीच्यानल प्रणालीमा उपलब्ध सेवाहरु जस्तै नगद जम्मा तथा चेक जम्मा आवेदन, नयाँ डेबिट तथा प्रिपेड डलर कार्ड अनुरोध, मुद्दती खाता खोल्ने, चेक अनुरोध, ई–कमर्श सुचारु, स्कीम ट्रान्सफर, लकर सुविधा आवेदन लगायत दर्जनौ सेवाहरु वेबसाइटमार्फत उपभोग गर्न सकिनेछ ।

बैंकको नयाँ वेबसाइट सार्वजनिक भएसँगै डिजिटल प्रविधिको उच्चतम प्रयोग गरी ग्राहकहरुलाई बैंकको बारेमा सम्पूर्ण जानकारी लिन र सेवा उपभोग गर्न अत्यन्त सहज र सरल हुने विश्वास बैंकले लिएको छ ।

वि.सं.२०८० असार १ शुक्रवार १२:०५ मा प्रकाशित

You can share this post!

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:५३

काठमाडौँ, ४ जेठ : चिलिमे–त्रिशूली दुई सय २० केभी प्रसारण...

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:४३

पटना (भारत), ४ जेठ : बिहारको राजधानी पटनास्थित एक विद्यालय...

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:३७

काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल)...