back
NMB ad

माछापुच्छ्रे बैंक ‘इन्फोसिस फिनेकल इनोभेसन अवार्ड’बाट सम्मानित

Kumari bank ad

काठमाडौं, ०१ असार । माछापुच्छ्रे बैंक लिमिटेड ‘इन्फोसिस फिनेकल इनोभेसन अवार्ड–२०२३’बाट सम्मानित भएको छ।

ग्राहकलाई प्रदान गर्ने डिजिटल सेवाको गुणस्तर र कारोबार संख्यामा उल्लेखनीय वृद्धि गर्दै डिजिटल बैंकिङमा अभूतपूर्व सफलता हासिल गरेसँगै बैंक ‘इन्फोसिस फिनेकल इनोभेसन अवार्ड २०२३– म्याक्सिमाइजिङ कस्टमर इंग्जेमेन्ट–गोल्ड’ पुरस्कारबाट सम्मानित भएको हो।

भारतको बैंगलोरस्थित बहुर्राष्ट्रिय सूचना प्रविधि कम्पनी इन्फोसिस फिनेकलले प्रदान गर्ने ‘इन्फोसिस फिनेकल इनोभेसन अवार्ड २०२३– म्याक्सिमाइजिङ कस्टमर इंग्जेमेन्ट–गोल्ड’ नामक पुरस्कारबाट माछापुच्छ्रे बैंक सम्मानित भएको हो।

विगत दुई वर्षमा बैंकले आफ्नो डिजिटल सेवालाई निरन्तर परिष्कृत गर्नुका साथै उक्त सेवालाई सुरक्षित बनाउन नवीनतम कदम चालेको छ।

इन्फोसिस फिनेकलले हरेक वर्ष विभिन्न १० विधामा अवार्ड प्रदान गर्दै आइरहेको छ। यस वर्ष विश्वभरिबाट २०० भन्दा बढी कम्पनी विभिन्न विधामा मनोनयनमा परेका थिए।

माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३३ शाखारहित बैंकिङ सेवा, २०३ एटीएममार्फत १४ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ।

वि.सं.२०८० असार १ शुक्रवार १३:२९ मा प्रकाशित

You can share this post!

नारायणगढ–बुटवल सडकः पाँच वर्षमा पचास प्रतिशत काम पूरा   

नारायणगढ–बुटवल सडकः पाँच वर्षमा पचास प्रतिशत काम पूरा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:५२

नवलपुर (नवलपरासी), १९ वैशाखः विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल...

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:४५

काठमाडौं । साताको चौथो कारोबार दिन सुनको भाउमा भारी गिरावट...

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री   

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:२६

काठमाडौँ, १९ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनका...

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस   

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:२०

काठमाडौँ, १९ वैशाखः आज अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् ‘मे डे’...

आज सार्वजनिक विदा, सेयर कारोबार नहुने

आज सार्वजनिक विदा, सेयर कारोबार नहुने

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:१३

काठमाडौं । आज बुधबार वैशाख १९ सार्वजनिक विदा रहेको छ...

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...