back
NMB ad

चालु बजेटका ११ महिना : आम्दानी र खर्च निकै न्यून, दुईपटक संशोधन गर्दा पनि लक्ष्य भेटिनेमा शङ्का       

Kumari bank ad

काठमाडौँ, १ असार। चालु आर्थिक वर्ष २०७९/८० को ११ महिनामा सरकारको आय ६० प्रतिशत र व्यय ६५ प्रतिशत बराबर मात्रै देखिएको छ । सुरुआती विनियोजित लक्ष्यको तुलनामा जेठ मसान्तसम्मको सरकारी आम्दानी र खर्च निकै न्यून हो ।

महालेखा नियन्त्रक कार्यालयको जेठ मसान्तसम्मको तथ्याङ्कअनुसार यो अवधिसम्ममा बजेट खर्च रु ११ खर्ब ७६ अर्ब छ करोड ५७ लाख बराबर छ । जुन चालु आर्थिक वर्षको सुरुआती विनियोजनको ६५ दशमलव ५६ प्रतिशत बराबर हो । चालु आर्थिक वर्षका लागि सरकारले कुल रु १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख बराबरको बजेट ल्याएको थियो ।

जेठ मसान्तसम्मको चालुगततर्फको खर्च सुरुआती विनियोजनको ७४ दशमलव १५ प्रतिशत बराबर छ । चालु आर्थिक वर्षका लागि चालुगत शीर्षकमा रु ११ खर्ब ८३ अर्ब २३ करोड ५१ लाख बराबर बजेट विनियोजन भएकामा हालसम्म रु आठ खर्ब ७७ अर्ब ३९ करोड ४४ लाख खर्च भएको छ ।

त्यस्तै, पुँजीगत शीर्षकमा रु तीन खर्ब ८० अर्ब ३८ करोड ४५ लाखको वार्षिक बजेट रहेकामा जेठ मसान्तसम्ममा ४० दशमलव २४ प्रतिशत अर्थात् रु एक खर्ब ५३ अर्ब आठ करोड ४२ लाख बराबर खर्च भएको छ ।

वित्तीय व्यवस्थापन शीर्षकमा रु दुई खर्ब ३० अर्ब २१ करोड ७७ लाख वार्षिक बजेट विनियोजन भएकामा जेठ मसान्तसम्ममा सुरुआती विनियोजनको ६३ दशमलव २४ प्रतिशत अर्थात् रु एक खर्ब ४५ अर्ब ५८ करोड ७१ लाख बराबर खर्च भएको छ ।

जेठ मसान्तसम्मको राजस्व सङ्कलन पनि लक्ष्यभन्दा निकै न्यून छ । यो अवधिसम्मका सरकारको कुल राजस्व प्राप्ति वार्षिक लक्ष्यको ६० दशमलव ३६ प्रतिशत अर्थात् रु आठ खर्ब ८० अर्ब ३८ करोड ७९ लाख बराबर रहेको छ । सरकारले चालु आर्थिक वर्षका लागि रु १२ खर्ब ९५ अर्ब ३७ करोड ५८ लाख कर राजस्व, रु एक खर्ब सात अर्ब ७७ करोड १२ लाख गैरकर राजस्व र रु ५५ अर्ब ४५ लाख ८३ करोड वैदेशिक अनुदान लिने लक्ष्य राखिएको थियो ।

जेठ मसान्तसम्मको कर राजस्व सङ्कलन लक्ष्यको ५८ दशमलव ५९ प्रतिशत अर्थात् रु सात खर्ब ५९ अर्ब, गैरकर राजस्व सङ्कलन ७२ दशमलव २४ प्रतिशत अर्थात् रु ७७ अर्ब ८५ करोड ३७ लाख र वैदेशिक अनुदान आठ दशमलव ६६ प्रतिशत अर्थात् रु चार अर्ब ८० करोड २० लाख बराबर रहेको छ ।

यसरी सरकारको आयभन्दा व्यय धेरै हुँदा जेठ मसान्तसम्मको बजेट घाटा रु दुई खर्ब ९५ अर्ब ६७ करोड बराबर छ ।

दुईपटक संशोधन गर्दा पनि लक्ष्य भेटिनेमा शङ्का

सरकारले गत जेठ १५ मा आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट प्रस्तुत गर्दै दोस्रोपटक बजेट संशोधन गरेको थियो । सरकारले चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षामार्फत पनि बजेट खर्चको अनुमान संशोधन गरेको थियो ।

दोस्रो पटकको संशोधित लक्ष्यअनुसार चालु आर्थिक वर्षमा सरकारले रु १५ खर्ब चार अर्ब ९९ करोड अर्थात् सुरुआती विनियोजनको ८३ दशमलव ९० प्रतिशत मात्रै बजेट खर्च हुने अनुमान गरेको छ । संशोधित लक्ष्य भेटाउनका लागि सरकारले चालु आर्थिक वर्षको अन्तिम महिना अर्थात् असारमा मात्रै रु तीन खर्ब २९ अर्ब बराबर बजेट खर्च गर्नुपर्ने देखिएको छ ।

दोस्रोपटकको संशोधित अनुमानअनुसार चालु खर्च १० खर्ब ४३ अर्ब ४९ करोड अर्थात् सुरुआती विनियोजनको ८८ दशमलव १८ र पुँजीगत खर्च रु दुई खर्ब ५८ अर्ब ३४ करोड अर्थात् सुरुआती विनियोजनको ६७ दशमलव ९१ प्रतिशत र वित्तीय व्यवस्था तर्फ दुई खर्ब तीन अर्ब २६ करोड अर्थात् सुरुआती विनियोजनको ८८ दशमलव २९ प्रतिशत खर्च हुने अनुमान गरिएको छ ।

चालु आर्थिक वर्षमा राजस्व सङ्कलन रु ११ खर्ब ७९ अर्ब ४४ करोड बराबर हुने संशोधित अनुमान छ । यो वार्षिक लक्ष्यको ८४ प्रतिशत हो भने गत वर्षको तुलनामा पाँच प्रतिशतले न्यून हो । जेठ मसान्तसम्मको अवस्था हेर्दा राजस्व सङ््कलनको संशोधित लक्ष्य भेटाउनका लागि पनि सरकारले असार महिनामा मात्र करिब रु तीन खर्ब राजस्व उठाउनुपर्ने देखिन्छ ।

वि.सं.२०८० असार १ शुक्रवार १४:५० मा प्रकाशित

You can share this post!

राज्यले अटो क्षेत्रलाई अत्यावश्यक क्षेत्रमा समेट्नुपर्दछः नाडा उपाध्यक्ष श्रेष्ठ

राज्यले अटो क्षेत्रलाई अत्यावश्यक क्षेत्रमा समेट्नुपर्दछः नाडा उपाध्यक्ष श्रेष्ठ

वि.सं.२०८१ जेठ ३ बिहीवार ११:५१

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका उपाध्यक्ष राजनबाबु श्रेष्ठले...

बजेटमार्फत ऊर्जा दशक र विशेष सुरक्षा नीति घोषणा गरियोस्ः इप्पान अध्यक्ष कार्की

बजेटमार्फत ऊर्जा दशक र विशेष सुरक्षा नीति घोषणा गरियोस्ः इप्पान अध्यक्ष कार्की

वि.सं.२०८१ जेठ ३ बिहीवार ११:४२

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इप्पानका अध्यक्ष गणेश कार्कीले...

नबील बैंकको सिइओमा ज्ञानेन्द्र प्रसाद ढुङ्गाना पुनः नियुक्त

नबील बैंकको सिइओमा ज्ञानेन्द्र प्रसाद ढुङ्गाना पुनः नियुक्त

वि.सं.२०८१ जेठ ३ बिहीवार ११:२२

काठमाडौं । नबील बैंकको प्रमुख कार्यकारी अधिकृत(सिइओ)मा ज्ञानेन्द्र प्रसाद ढुङ्गाना...

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा पुग्यो

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा पुग्यो

वि.सं.२०८१ जेठ ३ बिहीवार १०:४७

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउ उच्च विन्दुमा...

वीरगञ्ज सुक्खा बन्दरगाहबाट ४० अर्ब ८३ लाख राजस्व सङ्कलन   

वीरगञ्ज सुक्खा बन्दरगाहबाट ४० अर्ब ८३ लाख राजस्व सङ्कलन   

वि.सं.२०८१ जेठ ३ बिहीवार १०:३०

वीरगञ्ज (पर्सा), ३ जेठ : सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्जले...

आज सीता उत्पत्ति दिवस, रामजानकी मन्दिरमा पूजा आराधना गरी मनाइदै   

आज सीता उत्पत्ति दिवस, रामजानकी मन्दिरमा पूजा आराधना गरी मनाइदै   

वि.सं.२०८१ जेठ ३ बिहीवार १०:२२

काठमाडौँ, ३ जेठ : आज वैशाख शुक्ल नवमी अर्थात् सीता...