back
NMB ad

सहकारी र नागरिकता पीडितको समस्या समाधान गर्न माग   

Kumari bank ad

काठमाडौँ, ३ असार ।  सांसद अबदुल खानल शिक्षकको तबल कटौती गर्न नहुने बताउनुभएको छ । सङ्घीय संसद, प्रतिनिधिसभाको आजको वैठकमा उहाँले शिक्षकको तलब कटौती गर्न नहुने भन्दै समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

आजको बैठकमा सांसद अमरबहादुर थापाले पासपोर्ट बनाउने क्रममा आम जनताले भोग्नुपरेको समस्याका बारेमा सरकारको ध्यानाकर्षण गराउनुभयो । “पासपार्ट बनाउँदा जनतालाई दुःख दिने काम नहोस्, सहकारी पीडित र नागरिकता पीडितको समस्या समाधान होस्”, उहाँले भन्नुभयो ।

सांसद महेशकुमार बर्तौलाले किसानले कालीमाटीमा गरेको आन्दोलनलाई सरकारले सम्बोधन गर्नुपर्ने माग गर्नुभयो । “सरकारले बजार सुनिश्चितताको जिम्मा लिनुपर्छ, किसानका लागि क्षतिपूर्तिको व्यवस्था गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

त्यसैगरी सांसद रामकुमार राईले अविरल वर्षाका कारण पूर्वका जिल्लामा जनधनको ठूलो क्षति भएको बताउँदै सङ्खुवासभामा १७ जना बेपत्ता भएको, नौ जनाको मृत्य भएको र पुल पनि बगाएको बताउनुभयो । ताप्लेजुङमा पनि ठूलो क्षति भएको भन्दै उहाँले त्यहाँ घर बगाउँदा मानिस बेपत्ता भएकोब ताउनुभयो ।

“खोजी जारी छ तथापी पनि भेटिएको छैन, त्यसैगरी पाँचथरमा पनि बेपत्तासँगै ठूलो क्षति भएको छ, जलविद्युत् आयोजना, सिँचाइमा क्षति पुगेको छ भने खेती हुने जग्गा बगरमा परिणत भएका छन् । सरकारले जतिसक्दो चाँडो व्यवस्थित ढङ्गले उद्धार गरी बेपत्ताको खोजी गरोस्”, उहाँले भन्नुभयो ।
सांसद अशोककुमार चौधरीले विपत्का कारण ताप्लेजुङमा विद्युत् आपूर्ति बन्द भएको, हालसम्म ताप्लेजुङमा पाँच र पाँचथरमा पाँच जना बेपत्ता भएको जानकारी दिनुभयो । उहाँले खोजीकार्यमा ढिलाइ भएको प्रति दुःख व्यक्त गर्नुभयो । उहाँले पीडितको हेलिकोप्टरमार्फत उद्धार गर्नुपर्ने भन्दै अत्यावश्यक सामग्रीको चाँडो व्यवस्था गर्न र सुरक्षाकर्मी परिचालन गर्न आग्रह गर्नुभयो ।

वि.सं.२०८० असार ३ आइतवार १४:२७ मा प्रकाशित

You can share this post!

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:३८

तनहुँ, ६ जेठः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड...

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१८

काठमाडौँ : सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा...

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१२

काठमाडौँ : हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको...

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...