back
NMB Ad

बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न प्रधानमन्त्री तुम्लिङ्टारमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न आज दिउँसो संखुवासभाको तुम्लिङटार पुग्नुभएको छ । आइतबार परेको अबिरल वर्षाका कारण आएको बाढीपहिरोमा परी संखुवासभामा १ जनाको मृत्यु १८ जनाभन्दा बढी बेपत्ता भएका थिए । प्रधानामन्त्रीले प्रमुख जिल्ला अधिकारीसँग जिल्लामा राहत र उद्दारका लागि भइरहेका गतिविधिबारे जिज्ञासा राख्नुभएको थियो ।

उहाँले प्रधानमन्त्रीले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार जनमा समवेदना, सहानुभूतिका साथै उद्दार र राहत र बेपत्ताहरुको खोजी कार्यमा जिल्लाका सबै सरकारी संयन्त्रलाई दिर्देशन दिँदै स्वयम्सेवी संघसंस्थामा अपील पनि पनि गर्नुभयो । प्रधानमन्त्रीले तत्कालै सडक सञ्जाल जोड्न बेलिब्रीज, घरबार बिहिनलाई तत्काल स्थानान्तरण र भोलिको लागि आवासको व्यवस्था मिलाउन आवस्यकता अनुसार सरकारले तदारुकताका साथ काम गर्ने बताउनुभयो।

उहाँले भन्नुभयो, ‘म अस्ति मात्र मेलम्ची गएको थिय त्यहा जसरी आकस्मिक बाढीले धनजनको क्षति भएको थियो यहाँ पनि त्यसरी नै आकस्मिक रूपमा प्रकोप देखियो ।’ प्रधानमन्त्री आजै बाढीपहिरो प्रभावित ताप्लेजुङ र पाँचथरको अवलोकन गरी अपरान्ह काठमडाौं फर्कनुहुनेछ ।

वि.सं.२०८० असार ४ सोमवार १४:२० मा प्रकाशित

You can share this post!

‘सिएसआर’को रकम सबै प्रदेशमा कम्तिमा १० प्रतिशत खर्च गर्नैपर्ने, राष्ट्र बैंकले जारी गर्यो यस्तो निर्देशन   

‘सिएसआर’को रकम सबै प्रदेशमा कम्तिमा १० प्रतिशत खर्च गर्नैपर्ने, राष्ट्र बैंकले जारी गर्यो यस्तो निर्देशन   

वि.सं.२०८१ चैत ३ सोमवार २०:५४

काठमाडौँ : वाणिज्य बैङ्क तथा राष्ट्रियस्तरका वित्तीय संस्थाले आफ्नो संस्थागत...

ग्लोबल मनी विक – २०२५: वित्तीय साक्षरता अभियान आजदेखि सुरु

ग्लोबल मनी विक – २०२५: वित्तीय साक्षरता अभियान आजदेखि सुरु

वि.सं.२०८१ चैत ३ सोमवार १७:४८

काठमाडौं।  आजदेखि ‘ग्लोबल मनी विक – २०२५’ अभियान सुरू भएको...

सन नेपाल लाइफ इन्स्योरेन्सलाई २७ प्रतिशत हकप्रद सेयर बिक्रीको अनुमति

सन नेपाल लाइफ इन्स्योरेन्सलाई २७ प्रतिशत हकप्रद सेयर बिक्रीको अनुमति

वि.सं.२०८१ चैत ३ सोमवार १७:३५

काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्सले २७ प्रतिशत हकप्रद सेयर बिक्री...

नेपाल राष्ट्र बैंकका सहप्रवक्ता डा. डिल्लीराम पोख्रेलद्वारा जिम्मेवारी हस्तान्तरण

नेपाल राष्ट्र बैंकका सहप्रवक्ता डा. डिल्लीराम पोख्रेलद्वारा जिम्मेवारी हस्तान्तरण

वि.सं.२०८१ चैत ३ सोमवार १७:२५

काठमाडौं। नेपाल राष्ट्र बैंकका सहप्रवक्ता तथा सूचना अधिकारी डा. डिल्लीराम...

 मनाङबाट ४६ विद्यार्थीले एसइई दिने   

 मनाङबाट ४६ विद्यार्थीले एसइई दिने   

वि.सं.२०८१ चैत ३ सोमवार १७:०६

मनाङ : मनाङमा ४६ विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसइई) दिने...

क्रेष्ट माइक्रो लाइफको आईपीओ भोली बाँडफाँड हुने, आईपीओ हात पार्न भाग्यकै भर

क्रेष्ट माइक्रो लाइफको आईपीओ भोली बाँडफाँड हुने, आईपीओ हात पार्न भाग्यकै भर

वि.सं.२०८१ चैत ३ सोमवार १६:४३

काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ भोली मंगलबार बाँडफाँड...