back
NMB ad

सनराइज बैंकद्वारा पशुपालन र आलु खेती सम्बन्धी तालिम संचालन

Kumari bank ad

काठमाडौं । सामाजिक उत्तरदायित्व अन्तर्गत सनराइज बैंकले सुन्सरीको झुम्का नगरपालिकामा मासु उत्पादनका लागि पशुपालन सम्बन्धी र डडेलधुरामा आलु खेती सम्बन्धमा सिपमुलक तालिम तथा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

स्थानीय तहमा सुुहाउँदो कृषि व्यवसाय सम्बन्धी तालिम स्थानीय व्यक्तिहरुलाई प्रदान गरेर उनीहरुको आम्दानी वृद्घिमा मद्दत गर्ने तथा त्यस व्यवसायमा आवश्यक पर्ने बैंकिङ्ग ज्ञान प्रदान गर्ने उद्देश्यका साथ अषाढ १ गतेदेखि झुम्का, सुन्सरीमा ३१ जना सहभागिहरुका साथमा २ दिने मासु उत्पादनका लागि पशुपालन सम्बन्धी सिपमुलक तालिम तथा वित्तिय साक्षरता कार्यक्रम आयोजना गरिएको थियो ।

सन्राइज बैंक कोशी प्रदेशका प्रमुख श्री विनोद गजुरेल र बैंकका अन्य पदाधिकारीहरुको उपस्थितिमा उक्त कार्यक्रम गरिएको थियो । २ दिने कार्यक्रमको प्रशिक्षण डा. नागेन्द्र बहादुर दाहाल र सबिन खतिवडाले गर्नुभएको थियो । बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको उक्त कार्यक्रम विशेषगरी बाख्रा, बङ्गुर र कुखुरा पालनमा केन्द्रित सिपमुलक तालिम दिइएको थियो ।

त्यसैगरी कृषकहरु समक्ष कृषी, आम्दानी वृद्धि र बैंकिङ्ग ज्ञान प्रदान गर्न जेठ ३२ गतेदेखि अमरगढी ०८, डडेलधुरामा आयोजित २ दिने आलु खेती उत्पादन तथा वित्तिय साक्षरता कार्यक्रममा ४० जना सहभागिहरु थिए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालयका स्रोत व्यक्तिहरु ध्रुवराज जोशी र मनिषा चौधरीद्वारा प्रशिक्षित उक्त कार्यक्रम मुख्य अतिथी अमरगढी ०८ का वडा अध्यक्ष नर बहादुर शंखी र बैंकका तर्फबाट प्रतिनिधि पुष्पराज भट्ठको उपस्थितिमा आयोजना गरिएको थियो । यस तालिमले आलुको व्यवसायिक उत्पादन, बजारिकरण, आलुबाट बनाउन सकिने सामाग्री सम्बन्धि ज्ञान र त्यसबाट आफ्नो आयलाई कसरी बढाउन सकिन्छ भन्नेबारे ज्ञान समेत दिइएको थियो ।

सिपमुलक तालिमले कृषकहरुमा उत्पादन बृद्घि, त्यसको बजारीकरण र बचतका बारेमा ज्ञान प्रदान भएको र यसले उनीहरुको व्यवसायिक क्षमतामा वृद्घि गर्ने बैंकले विश्वास लिएको छ । बैंकले यस्ता शिप मुलक तालिम देशभरीका सातै प्रदेशमा गर्दै आएको छ ।

वि.सं.२०८० असार ४ सोमवार १८:०६ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...