back
NMB ad

रिलायबल नेपाल लाइफले बढायो आईपीओमा प्रिमियम मूल्य, बोर्डमा फेरि दियो आवेदन

Kumari bank ad

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आईपीओलाई निर्धारण गरेको प्रिमियम मूल्य बढाएको छ।

रिलायबल नेपाल लाइफले प्रिमियम मूल्य बढाएर पुनः आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आवेदन दिएको हो।

कम्पनीले प्रिमियम मूल्य बढाउँदै १९९ कायम गरेको छ। जसअनुसार कम्पनीले सेबोनमा प्रतिकित्ता १०० रुपैयाँमा प्रिमियम मूल्य १९९ रुपैयाँ थप गरी २९९ रुपैयाँ आईपीओ निष्कासनको अनुमति मागेको छ।

यसअघि कम्पनीले सेबोनमा निवेदन दिँदा १०० अंकित मूल्यमा ११२ रुपैयाँ प्रिमियम मूल्य थपेर २१२ रुपैयाँमा आईपीओ जारी गर्न अनुमति मागेको थियो।

सेबोनले अनुमति दिएमा यो कम्पनीले अब ३ अर्ब ५८ करोड ८० लाख रुपैयाँबराबरको १ करोड २० लाख कित्ता आईपीओ बिक्री खुला गर्नेछ।

रिलायबल नेपाल लाइफको आईपीओ बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट रहेको छ भने सेयर प्रत्याभूतिमा एलिट क्यापिटल रहेको छ।

वि.सं.२०८० असार ७ बिहीवार १६:४१ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...