काठमाडौं, ८ असार । गोरखा मनकामनामा बेहुली लिएर फर्किँदै गरेको जन्ती सवार जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । शुक्रबार बिहान करिब ३ बजे भएको घटनामा १२ जना घाइते भएका छन् ।
शहीदलखन गाउँपालिका- ३ पात्लेखोलामा प्रदेश ३-०१-०२३ च ४४२७ नम्बरको जीप दुर्घटना भएको हो ।
गोरखा प्रहरी प्रवक्ता डीएसपी लीलाराम लामिछानेका अनुसार घटनास्थलमा ४ पुरुष र १ महिलाको घटनास्थलमै मृत्यु भएको छ ।
वि.सं.२०८० असार ८ शुक्रवार ०७:०८ मा प्रकाशित