काठमाडौं । नागरिक लगानी कोष(सीआईटी)ले आफ्नो २८ औँ वार्षिक साधारणसभा बोलाएको छ।
कम्पनीको संचालक समितिको असार ९ गते शनिबार बसेको बैठकले वार्षिक साधारणसभा यही असार ३१ गते नयाँबानेश्वरस्थित सीआईटी बिल्डिङमा दिउँसो ३ बजेबाट सुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत बोनस सेयर र कर प्रयोगजनको लागि १.३१५८ प्रतिशत नगद गरी कूल २६.३१५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
सभाले सञ्चालक समितिमा अन्य बैंक तथा वित्तीय संस्थाहरुमध्येबाट त्यस्ता संस्थाले तोकेबमोजिम निर्वाचित वा मनोनित गरेको १ जना सञ्चालक पदमा निर्वाचन गर्नेछ। सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ असार १९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ असार १८ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन सक्नेछन्।
वि.सं.२०८० असार १० आइतवार १०:५५ मा प्रकाशित