back
NMB ad

दूध र मासु उत्पादनमा विकेन्द्रीकृत आयोजना प्रभावकारी बन्दै   

Kumari bank ad

वालिङ, १० असार ।  स्याङ्जामा दूध र मासुको उत्पादन वृद्धिमा नेपाल लाईभस्टक सेक्टर इनोभेसन आयोजनाको भूमिका प्रभावकारी देखिएको छ ।जिल्लामा दूध र मासुजन्यपदार्थ उत्पादन गर्ने गरी सञ्चालनमा रहेका समूह।सहकारी तथा व्यक्तिगत फार्मलाई थप व्यवस्थित बनाउने उद्देश्यले काम गर्दै आएको उक्त आयोजनाको पोखरास्थित विकेन्द्रीकृत आयोजना सहयोग इकाइका प्रमुख डा रेशमराज ज्ञवालीले बताउनुभयो ।

विकेन्द्रीकृत आयोजनाअन्तर्गत गण्डकी प्रदेशमा ७४ वटा आयोजनामा सम्झौता भएकामा यस जिल्लाका २७ वटा आयोजना परेका थिए । तीमध्ये १८ वटा समूह÷सहकारी तथा नौ वटा व्यक्तिगत फार्म तथा प्रालिलाई अनुदान उपलब्ध गराइएको उहाँको भनाइ थियो। विकेन्द्रित आयोजनाले दूध र मासु उत्पादनमा काम गर्दै आएका १८ वटा समूह तथा सहकारीलाई रु चार करोड ९२ लाख अनुदान उपलब्ध गराएको थियो । “अठार वटा समूह। सहकारीलाई ५० प्रतिशतका दरले रु चार करोड ९२ लाख अनुदान उपलब्ध गराइएको छ” प्रमुख डा ज्ञवालीले भन्नुभयो, “यसमा तीस प्रतिशत बैंकबाट कर्जा र २० प्रतिशत किसानले नगद भुक्तानी गर्नुपर्छ ।”

व्यक्तिगत नौ वटा फार्मलाई रु तीन करोड अनुदान उपलब्ध गराइएको र बाँकी रु तीन करोड अनुदान पाएका फार्महरुले ब्यहोर्नुपर्ने उहाँले बताउनुभयो । आयोजना कार्यान्वयन हुँदा गाईभैँसीको दूधमा ४० प्रतिशत वृद्धि हुने, खसी बोकाको मासु उत्पादनमा २० प्रतिशत वृद्धि हुने उक्त आयोजनाको अपेक्षा छ । उत्पादित दूध तथा मासुको बजारीकरणमा समेत थप टेवा पुग्ने विश्वास रहेको प्रमुख डा ज्ञवालीले उल्लेख गर्नुुभयो ।
विकेन्द्रित आयोजनामार्फत अनुदानप्राप्त भएसँगै किसानलाई थप व्यावसायिक बन्न प्रेरित गरेको गल्याङ नगरपालिका पशुसेवा शाखा प्रमुख सुशील अर्यालले बताउनुभयो ।“दूध तथा मासु उत्पादनका क्षेत्रमा काम गर्न यस आयोजनाले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ” उहाँले भन्नुभयो, “पशुपालनका क्षेत्रमा थप लगानी आकर्षित गराउन सकिएको छ ।”

विकेन्द्रित आयोजना सञ्चालनमा आएसँगै नगरपालिका भित्र दूध र मासुजन्य पदार्थको उत्पादन वृद्धि भएको प्रमुख डा ज्ञवालीको भनाइ थियो । नगरपालिकाभित्र विकेन्द्रित आयोजना सञ्चालन भएका समूह÷सहकारी तथा व्यक्तिगत फार्ममा पशुपालन व्यवसाय आधुनिक र थप व्यवस्थित तरिकाले अगाडि बढ्दै गएको छ ।

पशुसेवा क्षेत्रको क्षमता अभिवृद्धि, आधुनिकीकरण र सुदृढीकरण गर्ने, दूध तथा खसीबोकाको मासुको उत्पादकत्व तथा उत्पादन वृद्धि गर्ने, दूध खसीबोकाको मासुको मूल्य वृद्धि गराउने र पशुपालनका क्षेत्रमा थप लगानी आकर्षित गराउने उद्देश्यसहित सो आयोजना सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो ।

वि.सं.२०८० असार १० आइतवार १४:०१ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...