काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मंगलबार दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।
नेप्सेमा समता घरेलु लघुवित्तको १५ प्रतिशत बोनस बापतको ५ लाख १४ हजार ११६.२९ कित्ता बोनस सेयर आज सूचीकृत भएको हो । त्यसैगरी महुली लघुवित्तको १४.२५ प्रतिशत बोनस बापतको ४ लाख २ हजार ९१.४५ कित्ता बोनस सेयर सूचिकृत भएको छ ।
सूचीकृतपश्चात् यी दुबै कम्पनीको शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाउनेछ ।
वि.सं.२०८० असार १२ मंगलवार १५:२८ मा प्रकाशित