back
NMB ad

आर्थिक गतिविधि अध्ययन प्रतिवेदन सार्वजनिक   

Kumari bank ad

काठमाडौँ, १३ असार ।  आर्थिक गतिविधि अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को साउनदेखि पुससम्मको तथ्याङ्कमा आधारित अर्धवार्षिक आर्थिक गतिविधि अध्ययन गरेर मङ्गलबार प्रतिवेदन सार्वजनिक गरेको हो ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा प्रमुख कृषि बाली (खाद्य तथा अन्य बाली र तरकारी एवं फलफूल तथा मसला) को उत्पादन चार दशमलव तीन प्रतिशतले बढेको छ । यस्ता बालीले ढाकेको भूक्षेत्र भने दुई दशमलव एक प्रतिशतले घटेको छ ।

खाद्य तथा अन्य बालीको उत्पादन मात्र पाँच दशमलव सात प्रतिशतले बढेको छ । त्यस्तै तरकारी तथा बागवानीको उत्पादन साढे चार प्रतिशतले बढेको छ । फलफूल र मसलाको उत्पादनमा भने क्रमशः पाँच दशमलव दुई प्रतिशत र आठ दशमलव चार प्रतिशतले घटेको छ ।

प्रतिवेदनअनुसार पशुजन्य उत्पादनअन्तर्गत दूध उत्पादन एक दशमलव चार प्रतिशत र मासु उत्पादन एक दशमलव सात प्रतिशतले वृद्धि भएको छ । त्यस्तै अर्धवार्षिक अवधिमा अण्डा उत्पादन २६ दशमलव तीन प्रतिशतले घटेको छ । वनजन्य उत्पादनअन्तर्गत काठ उत्पादन १६ दशमलव २३ प्रतिशतले र औषधिजन्य वस्तुको उत्पादन सात दशमलव चार प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा उद्योगको क्षमता उपयोग औसतमा ४३ दशमलव सात प्रतिशत रहेको छ । यो अवधि बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कूल कर्जामा औद्योगिक क्षेत्रमा प्रवाह भएको कर्जाको अंश २७ दशमलव नौ प्रतिशत रहेको छ ।

पुस मसान्तसम्ममा घरजग्गा रजिष्ट्रेशन सङ्ख्या ५० दशमलव ०३ प्रतिशतले घटेर एक लाख ९६ हजार पाँच सय ९५ कायम भएको र जग्गा रजिस्ट्रेशनबाट प्राप्त हुने राजस्व रु नौ अर्ब ९० करोड पुगेको प्रतिवेदनमा जनाइएको छ । घर तथा भवनको स्थायी नक्सा पास सङ्ख्या ३७ दशमलव पाँच प्रतिशतले घटेको छ ।

विसं २०७८ पुस मसान्तको तुलनामा २०७९ पुस मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाको निक्षेप नौ दशमलव एक प्रतिशतले र कर्जा प्रवाह चार दशमलव एक प्रतिशतले वृद्धि भएको छ । बैंक तथा वित्तीय संस्थाको कूल निक्षेप र कर्जामा बागमती प्रदेशको अंश क्रमशः ६९ दशमलव चार प्रतिशत र ५५ दशमलव छ प्रतिशत रहेको छ । निक्षेप र कर्जामा कर्णाली प्रदेशको हिस्सा सबैभन्दा कम क्रमशः एक दशमलव दुई प्रतिशत र एक दशमलव दुई प्रतिशत रहेको छ ।

विसं २०७८ पुस मसान्तको तुलनामा २०७९ पुस मसान्तसम्ममा दर्ता भएका कूल सवारीसाधनको सङ्ख्या चार दशमलव एक प्रतिशतले वृद्धि भएको छ । पूर्वाधार क्षेत्रमा चालु आर्थिक वर्षको पहिलो छ महिनासम्ममा ३४ हजार ७५ किलोमिटर सडक र तीन हजार १८ पुल निर्माण भएको प्रतिवेदनमा उल्लेख छ । यो अवधिसम्ममा अन्तर्राष्ट्रिय उडानतर्फ तीन वटा नेपाली वायुसेवा र २९ वटा विदेशी वायुसेवा गरी ३२ वटा वायुसेवा कम्पनीले विभिन्न गन्तव्यमा उडान सञ्चालन गरिरहेका छन् । सबै मौसममा सञ्चालनमा रहने विमानस्थलको सङ्ख्या ३३ रहेको छ ।

वि.सं.२०८० असार १३ बुधवार १८:२९ मा प्रकाशित

You can share this post!

छुट्ला है, ५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, ५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:५९

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज जेठ...

काठमाडौँ उपत्यकाको तापक्रम ३२ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान   

काठमाडौँ उपत्यकाको तापक्रम ३२ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान   

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:४९

काठमाडौँ, ३ जेठ : हाल देशमा पश्चिमी र स्थानीय वायुको...

दसमहिनामा एक लाख ७७ हजार पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण   

दसमहिनामा एक लाख ७७ हजार पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण   

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:४४

गण्डकी, ३ जेठ : पदयात्राका लागि प्रसिद्ध अन्नपूर्ण क्षेत्रमा विगत...

क्रिकेटर लामिछाने क्यानको निलम्बनबाट फुकुवा   

क्रिकेटर लामिछाने क्यानको निलम्बनबाट फुकुवा   

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:४१

काठमाडौँ : नेपाल क्रिकेट सङ्घ (क्यान) ले क्रिकेटर सन्दीप लामिछानेलाई...

जगदुल्ला जलविद्युत् आयोजनामा १६ अर्ब लगानी जुट्यो, यस्तो छ शेयर संरचना        

जगदुल्ला जलविद्युत् आयोजनामा १६ अर्ब लगानी जुट्यो, यस्तो छ शेयर संरचना        

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:३५

रमेश लम्साल, काठमाडौँ :  उज्यालो कर्णाली बनाउने लक्ष्यका साथ अगाडि...

आज ३ जेठ २०८१ बिहिवार, यस्तो छ आजको राशिफल

आज ३ जेठ २०८१ बिहिवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:२८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...