back
NMB ad

बङ्गुरपालनमा रमाउँदै वडाध्यक्ष सिंजाली   

Kumari bank ad

गल्याङ, १४ असार ।  स्याङ्जाको गल्याङ नगरपालिका–११ का वडाध्यक्ष दलबहादुर सिंजालीको बिहान र साँझको समय हिलो, धुलो र गोबरसँग खेलेर बित्ने गरेको छ । सिंजाली बिहानै बङ्गुरका लागि कुँडोे पकाउनुहुन्छ । कुँडो पाक्दै गर्दा उहाँ बङ्गुरको गोबर सफा गर्न थाल्नुहुन्छ । अनी पालैपालो बङ्गुरका माउ र बच्चालाई पाकेकोे कुँडो खुवाउनुहुन्छ ।

सिंजालीले बङ्गुरको स्यहारसुसार गरेर सात आठ बजेभित्र नै सकाउनुहुन्छ । वडा कार्यालय जानुपर्ने भएकाले यो समयमा बङ्गुरको स्यहार गरेर सक्काउनु उहाँको बाध्यता हो । समय भएपछि सारा बङ्गुर स्याहार्ने जिम्मा श्रीमती गङ्गारानालाई दिएर उहाँ कार्यालयतिर हानिनुहुन्छ । कार्यालयबाट साँझ अबेर फर्के पनि खोरमा रहेका बङ्गुर र पाठापाठीको अवस्था हरेर मात्र दलबहादुर अन्य काममा लाग्नुहुन्छ ।

सिंजालीले तीन वर्षदेखि आफ्नै गाउँ बज्रेमा रजनी कृषि तथा पशुपालन फार्म दर्ता गरेर व्यावसायिकरुपमा बङ्गुरपालन गर्दै आउनुभएको छ । वार्षिक रू १४ लाख ४० हजार बराबरको मासु र बङ्गुरका पाठापाठी बिक्री गर्ने गरेको उहाँको भनाइ छ ।

“एक महिनामा १८ देखि २० बङ्गुरका पाठापाठी जन्मिन्छन्”, सिंजालीले भन्नुभयो, “बङ्गुरको पाठापाठी रू छ हजारमा र वयस्क तथा उत्पादन दिन छोडेका बङ्गुर तौल हेरेर बिक्री गर्ने गरेको छु ।” उत्पादित मासु गल्याङ नगरपालिकाभित्र नै खपत हुने गरेको उहाँले बताउनुभयो ।

“व्यावसाय गरेर आर्थिकरुपमा आत्मनिर्भर बनाउन यो काम गरेको हुँ”, सिंजालीले भन्नुभयोे, “यो व्यवसायले परिवारलाई आवश्यक खर्च धानिएको छ, फालिएका अन्नपातको समेत सदुपयोग भएको छ ।” गल्याङको हावापानी बङ्गुरपालनका लागि उपयुक्त भएको उहाँको भनाइ छ ।

सिंजालीकी जीवनसङ्गिनी गङ्गारानाले श्रीमान्को जाँगर र पौरख देखेर आफूलाई गौरव महसुस हुने गरेको बताउनुभयो । “उहाँ आइपरेका सबै काम झर्को नमानी गर्नुहुन्छ”, उहाँले भन्नुभयो ।

गल्याङ नगरपालिकाका पशुशाखा प्रमुख सुशील अर्यालले गल्याङमा बङ्गुरको मासु अत्यधिक खपत हुने गरेकाले बजारीकरणको समस्या नभएको बताउनुभयो । नगरपालिकाले कृषकलाई समयमा निःशुल्क प्राविधिक सेवा, उपचार, बीउबिजन, निःशुल्क पशु बीमा, फार्म सुधार कार्यक्रमअन्तर्गत अनुदान उपलब्ध गराएका कारण कृषक पशुपालनतर्फ आकर्षित हुँदै गएका उहाँको भनाइ छ ।

वि.सं.२०८० असार १४ बिहीवार ११:३३ मा प्रकाशित

You can share this post!

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा, क-कसले दिने आवेदन ?

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा, क-कसले दिने आवेदन ?

वि.सं.२०८१ जेठ १ मंगलवार १०:१७

काठमाडौ । कुमारी बैंकले संस्थापक संस्थापक सेयर बिक्रीमा ल्याएको छ...

कुमारी बैंकका ग्राहकलाई निको बाल अस्पतालमा विशेष छुट

कुमारी बैंकका ग्राहकलाई निको बाल अस्पतालमा विशेष छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १०:०७

काठमाडौं । कुमारी बैंक लिमिटेड र भरतपुर, चितवन स्थित निको...

विश्व बैङ्कले भन्यो-नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा   

विश्व बैङ्कले भन्यो-नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा   

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:३७

काठमाडौँ : विश्व बैङ्कले नेपालमा वित्तीय सङ्घीयता कार्यान्वयनको गति मध्यम...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:३१

काठमाडौँ, १ वैशाखः हाल देशमा पश्चिमी र स्थानीय वायुका साथै...

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै   

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै   

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:२५

काठमाडौँ, १ जेठ : सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को...

आज १ जेठ २०८१ मंगलवार, हेर्नुहोस्  आजको राशिफल

आज १ जेठ २०८१ मंगलवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:१३

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...