back
NMB ad

रास्वपाले तोक्यो ७७ वटै जिल्लामा सम्पर्क सांसदको जिम्मेवारी, कसलाई कहाँ ?    

Kumari bank ad

काठमाडौँ, १४ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभरका ७७ वटै जिल्लामा आफ्ना सांसदको जिम्मेवारी तोकेको छ । जनताको आवाज संसद्सम्म पुर्याउनका लागि सांसदलाई जिल्ला सम्पर्कको जिम्मेवारी दिइएको पार्टी सभापति रवि लामिछानेले जानकारी दिनुभयो ।

बेथिति, भ्रष्टाचार, विकास योजनाजस्ता समस्या भएमा सांसदलाई सम्पर्क गर्न सकिने र त्यसका लागि अत्यावश्यक अवस्थामा गर्नुपर्ने फोनबाहेक आफ्ना सूचना र सन्देश ह्वाट्सएपमा पठाउन रास्वपाले आग्रह गरेको छ ।

रास्वपाले विज्ञप्ति जारी गरी सांसद डोलप्रसाद अर्याललाई बारा, धादिङ, कञ्चनपुर र कैलाली, विराजभक्त श्रेष्ठलाई गुल्मी, दार्चुला, अछाम र पाल्पा, सन्तोष परियारलाई भक्तपुर, अर्घाखाँची, दैलेख र बाजुरा, निशा डाँगीलाई झापा, मोरङ, इलाम र सल्यान, मनिष झालाई धनुषा, रौतहट, रुपन्देही र बझाङ, गणेश पराजुलीलाई ओखलढुङ्गा, खोटाङ, सिराहा र डडेलधुरा, सोविता गौतमलाई दोलखा, रामेछाप, सिन्धुपाल्चोक र जाजरकोट, सुमना श्रेष्ठलाई रसुवा, काठमाडौँ, रुकुमपूर्व र रुकुमपश्चिम, डा तोसिमा कार्कीलाई ताप्लेजुङ, पाँचथर, डोटी र ललितपुरको जिम्मेवारी तोकिएको जनाएको छ ।

यसैगरी शिशिर खनाललाई रोल्पा, दाङ, सर्लाही र सप्तरी, हरि ढकाललाई सोलुखुम्बु, चितवन, नवलपुर र उदयपुर, डा स्वर्णिम वाग्लेलाई गोरखा, पर्सा, बैतडी र तनहुँ, डा चन्दा कार्कीलाई भोजपुर, सिन्धुली, मनाङ र महोत्तरी, असिम साहलाई काभ्रेपलाञ्चोक, नुवाकोट, मुस्ताङ र कपिलवस्तु, लक्ष्मी तिवारीलाई प्युठान, परासी, बर्दिया र बाँके, अशोककुमार चौधरीलाई धनकुटा, तेह्रथुम, सङ्खुवासभा र सुनसरी, शिव नेपालीलाई लमजुङ, म्याग्दी, पर्वत र कास्की, बिनिता कठायतलाई जुम्ला, कालिकोट, मुगु, हुम्ला, सुर्खेत र डोल्पा तथा विन्दबासिनी काङसकारलाई स्याङ्जा, बाग्लुङ र मकवानपुरको जिम्मेवारी तोकिएको छ ।

“नीतिगत सुधार र जनसवालका विषयमा हाम्रा सांसदहरूसंँग देशभरका सचेत नागरिकले सीधा सम्पर्क गरी आफ्नो आवाज संसद्सम्म बुलन्द गर्न, आम आवाजलाई नीतिमा समेट्ने र अब्बल नीति र त्यसको कार्यान्वयनमार्फत मुलुकको अवस्था बदल्नका लागि सांसदहरूलाई विभिन्न जिल्लाको सम्पर्क सांसदको जिम्मेवारी तोकिएको ब्यहोरा सबैलाई विनम्र सूचित गर्दछौँ”, विज्ञप्तिमा भनिएको छ ।

वि.सं.२०८० असार १४ बिहीवार १२:१४ मा प्रकाशित

You can share this post!

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४९

काठमाडौँ, ६ वैशाख : ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी...

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४४

दमौली (तनहुँ), ६ जेठ : तनहुँको व्यास नगरपालिका र ऋषिङ...

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

वि.सं.२०८१ जेठ ६ आइतवार १४:१२

सुनसरी। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले अपाङ्गता...

मौलाकाली केबलकार   

मौलाकाली केबलकार   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०६

नारायणगढ (चितवन) : पूर्वी नवलपरासीको गैंडाकोटमा अवस्थित मौलाकाली मन्दिरसम्म पुग्नका...

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०१

झापा, ६ जेठ : जल तथा मौसम विज्ञान विभागले झापाको...

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

वि.सं.२०८१ जेठ ६ आइतवार १३:३०

काठमाडौँ, ६ जेठ : प्रतिनिधिसभाका विपक्षी दलहरुले उपप्रधानमन्त्री एवं गृहमन्त्री...