काठमाडौं । आज असार १५ गते शुक्रबार सुनको भाउ बढेको छ । उक्त दिन सुन प्रतितोला २०० रुपैंयाले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार १०० रुपैयाँ कायम भएको छ।
अघिल्लो कारोबार दिन बिहीबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ १० रुपैंयाले घटेर १ हजार ३६० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी १ हजार ३७० रुपैयाँमा कारोबार भएको थियो।
वि.सं.२०८० असार १५ शुक्रवार १०:३५ मा प्रकाशित