काठमाडौं । डिस मिडिया नेटवर्कले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा असार १२ गते आईपीओ निस्काशनको लागि अनुमति माग गर्दै आवेदन दिएको हो ।
बोर्डले अनुमति दिएमा कम्पनीले १ अर्ब ३५ करोड ८४ लाख ९५ हजार ५०० रुपैयाँको आईपीओ जारी गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १ करोड ३५ लाख ८४ हजार ९५५ कित्ता आईपीओ बिक्री गर्नेछ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।
वि.सं.२०८० असार १५ शुक्रवार १६:४९ मा प्रकाशित