काठमाडौं । साताको पहिलो कारोबार दिन असार १७ गते आइतबार सुनको भाउ बढेको छ । उक्त दिन सुन प्रतितोला ५०० रुपैंयाले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ५५० रुपैयाँ कायम भएको छ।
अघिल्लो कारोबार दिन शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ १० रुपैंयाले बढेर १ हजार ३७० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन शुक्रबार चाँदी १ हजार ३६० रुपैयाँमा कारोबार भएको थियो।
वि.सं.२०८० असार १७ आइतवार ११:०८ मा प्रकाशित