back
NMB ad

दूध र मासुमा आत्मनिर्भर बनाउन भैँसी र बाख्रा वितरण   

Kumari bank ad

खोटाङ, १७ असार।  हलेसी तुवाचुङ नगरपालिकाले चालू आर्थिक वर्षको कार्यक्रमअन्तर्गत किसानलाई भैँसी र बाख्रा वितरण गरेको छ ।

सुक्खाग्रस्त क्षेत्रमा पर्ने यस नगरपालिकामा दूध र मासुमा आत्मनिर्भर बनाउन चालु आवको कार्यक्रमअन्तर्गत उन्नत जातका भैँसी र बाख्रा वितरण गरिएको हो । ११ वडा रहेको यस नगरपालिकाले ४४ किसानलाई माउ भैँसी वितरण गरेको छ भने ४४ बोयर जातका बोका वितरण गरेको छ ।

किसानलाई दूधमा आत्मनिर्भर बनाउँदै दूधबाट आम्दानी भित्र्याउने लक्ष्य लिएको नगरपालिकाले यसअघि दुई माउ भैँसी पालिरहेका किसानलाई थप एक माउ क्रस भैँसी प्रदान गरेको पशु सेवा शाखाका संयोजक सन्देश ताम्राकारले जानकारी दिनुभयो । संयोजक ताम्राकारका अनुसार नगरपालिकाको बाहुनीडाँडा, बडहरे, मङ्गलटार, महादेवस्थान र सल्लेमा दुई माउ भैँसी पाल्ने किसान पहिचान गरी माउ भैँसी किन्न किसानलाई नै रु एक/एक लाखका दरले नगद उपलब्ध गराइएको हो ।

नगरपालिकाको सर्शत अनुदानअन्तर्गत रु ७५ लाख बजेट ४४ जना किसानलाई भैँसी किन्न रु एक÷एक लाख र भैँसीलाई गोठ बनाउन प्रतिकिसान रु २०/२० हजार प्रदान गरिएको छ । सर्शत बजेटभित्रैबाट भैँसी पाएका किसानलाई दिने गरी १० लिटरका ४४ वटा मिल्क क्यान (दूध लगाउने भाडा) खरिद गरिएको छ ।

किसानलाई वितरण गर्नकै लागि १३ वटा च्याप कटर मेसिन पनि नगरपालिकामा ल्याएर राखिएको जनाइएको छ । किसानले पालेका भैँसीबाट उत्पादित दूध सङ्कलन गर्न रु चार लाख बजेट दूध सङ्कलन केन्द्रलाई छुट्याइएको नगरपालिकाले जनाएको छ ।

किसानले उत्पादन गरेको दूध त्रिधार्मिकस्थल हलेसी बजारमा घर भाडामा लिएर दूध सङ्कलन केन्द्र स्थापना गरेर बिक्री गर्ने व्यवस्था मिलाएको जनाइएको छ । किसानले ल्याएका भैँसीमा कृत्रिम गर्भाधानसमेत गराएर उन्नत जातका पाडापाडी उत्पादन गर्ने लक्ष्य लिइएको नगरपालिकाले जनाएको छ ।

सोही रु ७५ लाख बजेटभित्रैबाट खानेपानीका लागि ३२ वटा ट्याङ्की ल्याएर नगरपालिकामा राखिएको जनाइएको छ । आवश्यकताअनुसार किसानलाई ट्याङ्की वितरण गरिने नगरपालिकाले जनाएको छ ।

वैदेशिक रोजगारमा गएका परिवार, स्वास्थ्यको अवस्था कमजोर भएका परिवार, कृषि तथा पशु समूह, कृषि तथा पशुफार्म, कृषकको हकमा १५ माउभन्दा बढी बाख्रा भएको कृषकलाई बोयर जातका बोका वितरण गरिएको छ । बाहुनीडाँडामा आठ, डिकुवामा चार, च्यास्मीटारमा तीन, बडहरेमा तीन, दुर्छिममा सात, मङ्गलटारमा तीन, महादेवस्थानमा दुई, धितुङमा चार, अर्खौलेमा चार र राजापानीमा पाँच बोका वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

रोजगारीको खोजीमा विदेश जाने युवा जमात बढ्दै गएकाले यसलाई रोक्न व्यावसायिक कृषि तथा पशुपालनमा अनुदानको व्यवस्था गरिएको नगर प्रमुख विमला राईले बताउनुभयो ।

“रोजगारीको खोजीमा युवा पुस्ता दिनानुदिन विदेशिनेक्रम बढ्दो छ, युवा जमातलाई राख्न नगरपालिकाका तर्फबाट कृषि तथा पशुपालनमा अनुदानको व्यवस्था गरिएको छ”, उहाँले भन्नुभयो, “हाम्रो नगरपालिकामा त्रिधार्मिकस्थल हलेसीसमेत रहेको छ, हलेसी आउने पर्यटकका लागिसमेत धान्ने गरी दूध र मासुमा आत्मनिर्भर बनाउने गरी किसानलाई कृषि तथा पशुपालनमा अनुदानको व्यवस्था गरिएको हो ।”

नगरपालिकाले कृषि तथा पशुपालनमा अनुदानको व्यवस्था गरेसँगै अहिले हलेसी क्षेत्रका युवा व्यावसायिक कृषि तथा पशुपालनमा जुटेका छन् । यसअघिदेखि नै व्यावसायिकरुपमा पशुपालन गर्दै आएका किसान नगरपालिकाले अनुदानमा भैँसी, बोका तथा बाख्रा उपलब्ध गराएसँगै उत्साहित बनेका छन् ।

हिन्दु, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थलसमेत रहेको सो नगरपालिकामा दूध र मासुमा आत्मनिर्भर बनाउने नगरपालिकाको कार्यक्रमलाई निक्कै महत्वमा साथ हेरिएको छ । आन्तरिक तथा बाह्य पर्यटकको दैनिक भीड लाग्ने त्रिर्धामिकस्थल हलेसीमा अहिले दूध र मासु अभाव देखिएको छ ।

दूध र मासुमा आत्मनिर्भर बनाउन नगरपालिकाले आव २०८०/८१ को नीति तथा कार्यक्रम नै पारित गरेको छ । निर्वाहमुखी कृषि प्रणाली अपनाउँदै आएका किसानलाई व्यावसायिक बनाउँदै उनीहरुको आम्दानीको स्रोत बढाउन नगरपालिकाले आगामी आवका लागि करिब रु तीन करोड बराबरको बजेटसमेत विनियोजना गरेको छ ।

वि.सं.२०८० असार १७ आइतवार १४:२० मा प्रकाशित

You can share this post!

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२६

काठमाडौं । प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक...

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२२

काठमाडौँ, १ जेठ : सरकारले विभिन्न विषय क्षेत्रका एक हजार...

नीति तथा कार्यक्रमः ‘कृषिमा लगानी दशक’ घोषणा   

नीति तथा कार्यक्रमः ‘कृषिमा लगानी दशक’ घोषणा   

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२०

काठमाडौँ, १ जेठः सरकारले कृषि क्षेत्रको विकासका लागि ‘कृषिमा लगानी...

सङ्गठित क्षेत्रलाई स्वास्थ्य बीमामा आबद्ध हुन अनिवार्य गराइने     

सङ्गठित क्षेत्रलाई स्वास्थ्य बीमामा आबद्ध हुन अनिवार्य गराइने     

वि.सं.२०८१ जेठ १ मंगलवार १७:१६

काठमाडौँ, १ जेठ : सरकारले आज प्रस्तुत गरेको आर्थिक वर्ष...

नीति तथा कार्यक्रम: ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ सञ्चालन गरिने   

नीति तथा कार्यक्रम: ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ सञ्चालन गरिने   

वि.सं.२०८१ जेठ १ मंगलवार १७:१४

काठमाडौँं, १ जेठ : नेपाल सरकारले महिलालाई आर्थिक रूपमा सक्षम,...

नीति तथा कार्यक्रमः थप १५ हजार हेक्टर कृषियोग्य भूमिमा सिँचाइ   

नीति तथा कार्यक्रमः थप १५ हजार हेक्टर कृषियोग्य भूमिमा सिँचाइ   

वि.सं.२०८१ जेठ १ मंगलवार १६:५६

काठमाडौँ, १ जेठ : सरकारले आगामी आर्थिक बर्षभित्रमा विभिन्न स्रोत...