काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मंगलबार एक कम्पनीको मूल्य समायोजन गरेको छ ।
रिलायन्स फाइनान्स लिमिटेडको ६.५० प्रतिशत बोनस सेयरपछि प्रतिइकाई ३५४ रूपैयाँ ५५ पैसा हुने गरी मूल्य समायोजन गरेको हो ।
नेप्सेले आजको अन्तिम कारोबार मूल्य ३७७ रुपैंया ६० पैसाका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा नै भोली बुधबार सेयरबजारमा कारोबार खुल्नेछ ।
वि.सं.२०८० असार १९ मंगलवार १६:२६ मा प्रकाशित