back
NMB ad

सिएनआई पदाधिकारी–मुख्य सचिवबीच छलफल, निजी क्षेत्रको मनोबल बढाउनुपर्नेमा जोड

Kumari bank ad

काठमाडौं । नेपाल उद्योग परिसंघ र मुख्य सचिव डा. बैकुण्ठ अर्यालबीच छलफल भएको छ । परिसंघका नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको परिसंघ पदाधिकारीहरुले बुधबार छलफल गर्नुभएको हो ।

परिसंघका नवनिर्वाचित अध्यक्ष अग्रवालले मन्दीमा रहेको अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्रको मनोबल उकास्नुपर्नेमा बताउनुभयो । उहाँले बजेटको प्रभावकारी कार्यान्वयनमा जोड दिनुहुँदै सार्वजनिक निजी साँझेदारीमा नयाँ औद्योगिक क्षेत्र अगाडि बढाउनुपर्ने, जलविद्युत आयोजनाको पीपीए खुला गरिनुपर्ने बताउनुभयो ।

अध्यक्ष अग्रवालले स्वदेशी वस्तुहरुको प्रबद्र्धनका लागि सरकारी तथा सार्वजनिक संस्था, सेना, प्रहरीहरुले प्रयोग गर्ने उपभोग्य वस्तुहरुमा स्वदेशी वस्तुको प्रयोग अनिवार्य गराउन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य तथा सीप विकासलाई उच्च प्राथमिकतामा राख्न पनि आग्रह गर्नुभयो । साथै उहाँले उधारो उठाउने ऐन, अग्रिम जमानत कानूनको आवश्यकता औल्याउनुभयो ।

सो अवसरमा मुख्य सचिव अर्यालले परिसंघले उठाएका विषयहरुको सम्बोधनका लागि सम्बन्धित मन्त्रालयहरुसँग समन्वय गर्ने बताउनुभयो । उहाँले परिसंघले अर्थतन्त्रका लागि महत्वपूर्ण नीतिगत सुझावहरु दिदै आएको उल्लेख गर्नुहुँदै आगामी दिनमा समेत प्राप्त भईरहने विश्वास व्यक्त गर्नुभयो । उहाँले परिसंघको नयाँ कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना पनि दिनुभयो ।

सो छलफलमा उपाध्यक्षहरु विरेन्द्रराज पाण्डे, रोहित गुप्ता, अमित मोर, भीम घिमिरे, पदाधिकारीमा स्थायी आमन्त्रित सदस्यहरु गोकुल भण्डारी, छायाँ शर्मा, महानिर्देशक दिपकराज जोशी सहभागी हुनुहुन्थ्यो ।

वि.सं.२०८० असार २० बुधवार २०:३५ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...