back
NMB ad

आइएमई लाइफको आइपीओमा कति पर्यो आवेदन ? यस्तो छ पहिलो दिनको अपडेट

Kumari bank ad

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको आइपीओमा पहिलो दिनमै ३१ लाख ७६ हजार ९८० कित्ताका लागि आवेदन परेको छ ।

सीडीएस एन्ड क्लियरिङका अनुसार कम्पनीको आईपीओमा आज असार २१ गते बिहीबार साँझसम्ममा २ लाख ४४ हजार ७९० जना सर्वसाधारण आवेदकहरुले ७५ करोड २६ लाख ५८ हजार ३३२ कित्ताका लागि आवेदन दिएका हुन् ।

कम्पनीले जारी पूँजी ४ अर्बको ३० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १३६.९१ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३६.९१ रुपैयाँका दरले १ करोड २० लाख कित्ता सेयर बिक्री गर्ने भएको हो । जसमध्ये १० प्रतिशत अर्थात् १२ लाख कित्ता सेयर विदेशमा रोजगारी गरिरहेका नेपालीलाई बिक्री गरि बाँडफाँट गरिसकेको छ । अब ५ प्रतिशत अर्थात् ६ लाख कित्ता सेयरमा सामूहिक लगानी कोष, ५ प्रतिशत अर्थात् ६ लाख कित्ता सेयरमा कर्मचारीका लागि र बाँकी रहेको ९६ लाख कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा सर्वसाधारण लगानीकर्ताले छिटोमा असार २५ गते र ढिलोमा साउन ४ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सेवा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपबाट आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता आवेदन दिने हो भने २ हजार ३६९.१० रुपैयाँको जोहो गर्नु पर्नेछ । यदि कम्पनीको आईपीओमा अधिकतम १० हजार कित्ता खरिद गर्ने हो भने २३ लाख ६९ हजार १ सय रुपैयाँको जम्मा गर्नु पर्ने देखिन्छ ।

वि.सं.२०८० असार २१ बिहीवार १७:५४ मा प्रकाशित

You can share this post!

क्रुज जहाज मार्फत चीन प्रवेश गर्ने पर्यटकलाई भिसा–मुक्त प्रवेश अनुमति   

क्रुज जहाज मार्फत चीन प्रवेश गर्ने पर्यटकलाई भिसा–मुक्त प्रवेश अनुमति   

वि.सं.२०८१ जेठ २ बुधवार १२:५५

बेइजिङ, २ जेठ : चीनले बुधबार समुद्री तटमा रहेका सबै...

मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर   

मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर   

वि.सं.२०८१ जेठ २ बुधवार ११:२४

वीरगञ्ज (पर्सा), २ जेठः मधेस प्रदेशका ९० दशमलव ६ प्रतिशत...

नेपाल नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री   

नेपाल नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री   

वि.सं.२०८१ जेठ २ बुधवार ११:१५

काठमाडौँ, २ जेठः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानी प्रक्रियालाई सरलीकृत...

आज महँगियो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

आज महँगियो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ जेठ २ बुधवार १०:४२

काठमाडौं । साताको चौथो कारोबार दिन सुनको भाउ बढेको छ...

अरुण भ्याली हाइड्रोपावरको लिलामी सेयर बाँडफाँड, कट आफ प्राइस कति ?

अरुण भ्याली हाइड्रोपावरको लिलामी सेयर बाँडफाँड, कट आफ प्राइस कति ?

वि.सं.२०८१ जेठ २ बुधवार १०:३५

काठमाडौं । अरुण भ्याली हाइड्रोपावरको लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

संसद्को अवरोध हटाउन प्रधानमन्त्री र सभामुखबीच छलफल   

संसद्को अवरोध हटाउन प्रधानमन्त्री र सभामुखबीच छलफल   

वि.सं.२०८१ जेठ २ बुधवार १०:२६

काठमाडौँ, २ जेठः सङ्घीय संसद्का दुवै सदनमा उत्पन्न गतिरोध अन्त्य...