back
NMB ad

लक्ष्मी बैंक र सनराइज बैंकको एकीकृत कारोबार मिति तय

Kumari bank ad

काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंक एक आपसमा मर्ज भएर यहि असार २८  गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन् । गत जेठ ८ गते लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जरका लागि अन्तिम सम्झौता भएको थियो ।

नेपाल राष्ट्र बैंकले मर्जरमा जानका लागि दुई दिनभित्र अन्तिम स्वीकृति दिने तयारी गरिरहेको बताएको छ । राष्ट्र बैंकको स्वीकृति पाउने बित्तिकै एकीकृत कारोबार गर्ने बैंकका एक सञ्चालकले बताए ।

यी दुई बैंकले गत  पुस २५ मा मर्जरसम्बन्धी प्रारम्भिक सम्झौता गरेका हुन् । ड्यु डिलिजेन्स अडिटरको प्रतिवेदनका आधारमा दुवै बैंक १ः१ को स्वाप रेसियोमा मर्ज हुनेछन् ।

नाममा दुवै बैंकका सञ्चालकबीच विवाद हुने देखिएपछि राष्ट्र बैंकले नै बै‌कको नाम तोकेर पठाउने तयारी गरेको स्रोतले जानकारी दिएको छ ।   राष्ट्र बैंकले केही दिन अघि दुवै बैंकका सञ्चालकलाई बोलाएर मर्जरपछि बन्ने बै‌कको नाम राख्नेबारे छलफल गरेको थियो । त्यसबेला दुवै बैंकका सञ्चालकले आ-आफ्नो बैंककै नाम नै हुनुपर्ने दावी गरेका थिए ।

मर्जरपछि लक्ष्मी बैंकका हालका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह  बैंकको प्रमुख कार्यकारी अधिकृत हुने छन् । गाभिएपछि बन्ने बैंकको सञ्चालक समितिको प्रथम बैठकले सञ्चालक समितिको अध्यक्षको चयन गर्नेछ ।

नयाँ बन्ने बैंकको चुक्ता पुँजी २१ अर्ब ६७ करोड २ लाख ३८ हजार रुपैयाँ पुग्ने छ । हाल लक्ष्मी बैंकको ११ अर्ब ५५ करोड १३ लाख ४५ हजार १ सय चुक्ता पुँजी रहेको छ भने सनराइज बैंकको चुक्ता पुँजी १० अर्ब ११ करोड ८८ लाख ९२ हजार ९ सय रहेको छ ।

वि.सं.२०८० असार २२ शुक्रवार ०७:०१ मा प्रकाशित

You can share this post!

हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने   

हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने   

वि.सं.२०८१ जेठ २ बुधवार ०६:४६

काठमाडौँ, २ जेठः कोरिया सरकारले पोखरामा हरित रोजगारी सिर्जनाका निम्ति...

नीति तथा कार्यक्रमलाई समर्थन गर्ने गरी बजेट आउँछ : अर्थमन्त्री पुन   

नीति तथा कार्यक्रमलाई समर्थन गर्ने गरी बजेट आउँछ : अर्थमन्त्री पुन   

वि.सं.२०८१ जेठ २ बुधवार ०६:२६

काठमाडौँ : अर्थमन्त्री वर्षमान पुनले वर्तमान सरकारको नीति तथा कार्यक्रम...

सहकारीको रकम अपचलनको आरोपमा अध्यक्षसहित आठजना पक्राउ   

सहकारीको रकम अपचलनको आरोपमा अध्यक्षसहित आठजना पक्राउ   

वि.सं.२०८१ जेठ २ बुधवार ०६:२१

कास्की : पोखरा महानगरपालिका-४ गैहपाटनस्थित प्राइम बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताको...

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...