काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले राष्ट्र उत्थान लघुवित्त र आशा लघुवित्तको सेयर कारोबार रोक्का गरेको छ ।
यी दुई लघुवित्त एक आपसमा गाभिई आशा लघुवित्तको नामबाट असार ३१ गते देखि एकीकृत कारोबार हुने ब्यहोराको पत्र पठाएको थियो ।
सोही बमोजिम धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धि निर्देशिका २०७९ को दफा ९ (३) बमोजिम उक्त संस्थाहरुको सेयर कारोबार असार ३१ गते देखि रोक्का गरिदिएको नेप्सेले जनाएको छ ।
वि.सं.२०८० असार २८ बिहीवार १६:२८ मा प्रकाशित